लक्ष्मण घर्ति मगर/मङ्सिर २९ जापान । नेपाल मगर संघ जापानको बारे करीब करीब सबै जापानबासी मगर जनसमुदायहरु प्रष्ट नै हुनुहुन्छ । यसकारण म यसबारे धेरै बिश्लेषण र आख्यानका शब्द खर्चिन चाहान्न । प्राईम रुपमा यो आलेखको सर्वाङ्गीन प्रयास ‘नेपाल मगर संघ जापानको ऐतिहासिक एकता र त्यसको अपरीहार्यता’ बारे केन्द्रित रहने छ ।
तै पनि थोरै भन्नै पर्दा, स.न. १९९५ फेब्रुवरी १५ तारीख जापानको तोकाई अन्तर्गत मेईकेन को हामामात्चु मा “मगर सेवा समिति तोकाई जापान” भन्ने नाम सहित यो संघको जन्म भएको हो । यो करिब डेड दशकको समयान्तर पछी आएर नेपाल मगर संघ जापान हुन पुग्यो । र यस संस्था बारे दुई शब्द खर्चिँदै गर्दा संस्थापक अध्यक्ष श्रद्धेय लाल बहादुर पुन मगर ज्यू लगायत वहाँको नेतृत्वमा गठित २७ जना ति सबै संस्थापक सदस्य ज्यूहरू प्रति अन्तर्मनबाट बिशेष सम्झना व्यक्त गर्दछु, नमन गर्दछु र सम्मान व्यक्त गर्न चाहान्छु, जस्ले जापानमा एउटा अभूतपूर्व इतिहास रच्दै २३ बर्ष अगाडी यो संस्थाको पैदा गरे ।
त्यसपछीको कालान्तरमा भएका धेरै जसो उतारचढाव र अन्तरकुन्तरहरूको बारे पनि म मोटामोटी जानकार त छु नै । तर त्यतापति जाँदा समय धेरै लाग्ने र शिर्षकले निर्देशित गरेबमोजिम आलेखको सारत्वमा फरक पर्न जाने हुँदा फेरी एक दिन त्यसबारे पनि लेख्ने छु भन्दै सिधै बिषय बस्तुतिर लाग्छु ।
हिजो सँगै एउटै कार्यसमितिबाट हामामात्चुमा पैदा भएको यो संघ त्यसबेलाको जापानको अस्थिर जीबनशैँलीको कारण संस्थापक अग्रजहरू सँधै सँगै, एकै ठाउँ रहन नसक्ने भए पछी भौगोलिकताको बाध्यतालाई आत्मसाथ गर्दै मुलभुतरुपमा तोकियो र तोकाई गरी दुई भागमा खण्डित हुन पुगेको कुरामा हामी सबै साक्षात छौँ ।
पछिल्लो समय जापानमा मगरहरुको बाक्लो उपस्थिति हुने क्रम सँगै यो बाध्यताले विभक्त भएको दुई सँघ “नेपाल मगर संघ जापान” र “मगर संघ जापान” लाई फेरी जोडेर एउटै कार्यसमितिमा ढाल्ने प्रयास र सरसल्लाह् आज भन्दा ५/६ बर्ष अघि देखिनै भएको हो दुवै तर्फबाट । र एकताको नजिक नजिक पुग्दापुग्दै पनि बिबिध कारणबस त्यो असफल हुँदै आयो ।
कारणहरू केही व्यक्तिगत र संस्थागत कम्जोरी होलान, केही परीस्थितिको कारण होलान म त्यसबारे चर्चा गर्दिनँ । त्यो अधुरो र अपुरो रहेको एकताको बिषयलाई २०१६ अगस्त १४ तारीखका दिन २ बर्षको कार्यकालको जिम्मा लिएर गंगा घर्ति मगर ज्यूको नेतृत्वमा गठित भएको (चुनिएको) नेपाल मगर संघ जापानको कार्यसमितिले जोडदारका साथ उठाएर कुनैपनि हालतमा यस्लाई मुर्तरुप दिएरै छाड्ने अठोट लियो । र एकता प्रकृयाको नेतृत्व गर्यो ।
म संस्थाको महासचिवको हैसियतले मेरो तर्फबाट हुन सक्ने सबै सबै प्रयासहरू भए । कुनै कसुर नराखेर लागीनै रहेँ । साथमा दुवै तर्फका भुपु अध्यक्ष ज्यूहरू, तत्कालीन दुवै कार्यसमितिका सबै साथीहरू, सल्लाहकार र कलाकार ज्यूहरू र अन्य बुद्दीजीबि र युवा साथीहरू सबैको पनि उच्च भुमीका रह्यो । सारांश त हामी सबैको सामुहिक दृढ़ताबाट यो सफल हुन पुग्यो । जुन संघको इतिहासमा एक अबिष्मरणीय क्षेण बनेको छ । मलाई पुर्ण बोध थियो कि यो एकताको प्रकृयालाई अन्तिम रुप दिन सकिएन भने यो नेतृत्वदायी जिम्मेवारमा बस्नुको औचित्य सकिने छ, यो निरर्थक बन्ने छ र जापानको मगर संघहरूको अवस्था बडो गन्जागोल रहने छ । जापानबासी मगरहरू मिल्नै नसक्ने रैछन भन्ने शन्देश अन्तराष्ट्रीय स्तरमा जाने छ अनि यो वाहीरबाट हेर्दा संस्था भएको जस्तो तर सारमा खोज्दा केहीपनि नभएको जस्तो हुने छ आदी आदी…।
अर्को तिर जापानमा मगरहरूको संख्या दिनानुदिन बढीरहेको अवस्थामा आफैमा एकरुपता नभएको संस्थाले कस्तो सेवा गर्न सक्ला ? पछी आउँने पिडीले के सोँच्लान ? सामाजिक संजाल र मिडीया क्षेत्रमा एउटै देशबाट फरक फरक विज्ञप्तिहरू, सुचनाहरू, र कार्यक्रमहरू प्रवाह् भईरहँदा अन्य समुदायले के सोँच्लान ? नेपाल आदिवासी जनजाति महासंघ जापानले कस्लाई प्राथमिकता दिने ? मगर अन्तराष्ट्रीय मन्च (MIF)ले को सँग सहकार्य गर्ने ? नेपालको केन्द्रीय समितिले कस्लाई प्राथमिकता दिने ? एउटै देशमा दुई दुईटा शाखा संस्था कसरी हुन सक्छ ? यस्ता यस्तै प्रश्नै प्रश्नहरूको चाङ् देखिन्थे नेपाल मगर संघ जापानको नयनबाट हेर्दा ।
जस्को कारण पुरै जापानलाई नेतृत्व गर्ने गरी जापानको हकमा एउटा दरीलो खालको केन्द्रीय कार्यसमिति निर्माण गर्नैपर्ने र त्यसको नेतृत्वमा रहने गरी बिभिन्न क्षेत्र र शहरहरूमा क्षेत्रीय कार्यसमितिहरू निर्माण गर्नैपर्ने अपरिहार्यता देखियो । त्यसो गरीएन भने जापानमा जस्तो लथालिङ्गको मगर संस्था कहीँकतै पनि नहुने पक्का थियो ।
यिनै तमाम कारणहरूलेनै यो एकताको १९औँ महाधिवेशन तय गरेको हो । जुन २०१८ अगस्त १३ तारीख तोकाईको आईचिकेन अन्तर्गत कारीयाशिमा सम्पन्न भयो । र अहिले तोकाई, कोन्तो, तोचिगी, सिजुओका र फुकुओका लगायतमा क्षेत्रीय समिति बनेका छन । जस मध्य कान्तो, तोकाई र तोचिगी अलि बढी सक्रियतामा छन । यो खुशीको कुरा हो ।
नेपालमा हिजोको केन्द्रिकृत राज्य संरचनालाई भत्काएर गणतन्त्रात्मक संघिय संरचनामा जाँदा विल्कुल नयाँ अभ्यास भएको कारण सरकार र नेतृत्वहरूमा कतै न कतै अनविज्ञता र रणभुल्लता देखिए झैँ, कार्यान्वयनमा कहीँ न कहीँ असहजता देखिए झैँ हामीमा पनि हिजो आ-आफ्नै शुरमा चलेका संस्थाहरूको एकता गरेर, सांगठनिक पद्दतिलाई चेन अफ कमाण्ड सिस्टममा केन्द्र र क्षेत्र गरी दुई खण्डमा विभाजन गरेर आउँदा शुरुमा कतिपय बिधि नमिलेर, कतिपय अनुभवको कमी भएर कार्यान्वयनमा असहजता आउँन सक्छ, र आईराखेको पनि छ । यो स्वभाविक हो । तर कोही पनि यसबाट हतास् हुने, आत्तिने, असान्दर्भिक थान्ने गर्नु हुँदैन । बरू बिधि र विधानमा भएका अपुग प्रकृयाहरूलाई थप्दै र सच्याउंदै जाने, गल्तिहरूको समिक्षा गर्दै पाठ सिकेर जाने हो । सबै विस्तारै लाईनमा आउँछ । र लाईनमा आईसकेको पनि छ थोरै सिधा पार्ने काम मात्रै हो बाँकी, त्यो प्रमुख रुपमा नेतृत्व र केन्द्रीय कार्यसमितिले ह्याण्डलाईज गर्ने कुरा हुन्छ ।
अस्ति क्षेत्रहरूको अघिवेशनताका कतिऔँ अधिवेशन भन्ने विवादले पनि केही चर्चा ल्यायो । पहिलो कुरा हामीले हिजो तोक्यो मा र तोकाईमा क्रियाशील दुई संस्थाहरूका सबै भुपुहरुलाई केन्द्रकै भुपु मानेर आएका छौँ र सम्मान गरीसकेको पनि छ १९ महाधिवेशनले । र त्यो त्यसै मानिएको पनि हैन । १९९५ देखिको यो संस्थाको हिस्सा बोकेका दुई संस्थाहरू नेपाल मगर संघ जापान र मगर संघ जापानमा सकेको योगदान र नेतृत्व प्रदान गरेको हुनाले र ति दुवै संस्थाहरू एक भएर आज जापानको केन्द्रीय टीममा परिणत भएको हुनाले हो ।
हिजो आफ्नै स्वायत्तमा चलेका यि दुवै संस्थाले गरेको योगदान र इतिहास् सबै सबै आजको केन्द्रीय समितिमा समाहित भएर अगाडी बढीसकेको अवस्थामा हाम्रो भुपु अध्यक्ष ज्यूहरूले अँझै पनि आफ्नो योगदान तोकाई क्षेत्रमा मात्रै रहेको सोँच्ने, वा कान्तो क्षेत्रमै रहेको सोँच्ने र खोज्ने गर्नु हुंदैन ।
हामी यो संघको इतिहासमा विल्कुल नयाँ प्रयोग अपनाएर आएका छौँ । हिजो हामीले चाहे तोकाईमा योगदान गर्यौँ चाहे तोक्योमा गर्यौँ ति सब आज केन्द्रीय भएर अघि बढेको छ र क्षेत्रीय समितिहरू आजको दिनबाट गठित भएर केन्द्र सँग रिलेटेड भएर जाने गरी पैदा भएका नयाँ कार्यसमिति हुन, त्यसकारण क्षेत्रहरूको स्थापना मिति २०१८ नै हुन्छ भन्ने बुझाई बुझ्न जरुरी छ । र वास्तविकता पनि त्यही नै हो ।
यसको उदाहरणको रुपमा अहिले नेपालमै हेर्न सक्छौँ हामी । धमाधम बिभिन्न प्रदेश स्तरका, र जिल्ला स्तरका अधिवेशनहरू हुँदै छन । जहाँ केंद्रिय अध्यक्ष ज्यू र महासचिव ज्यू प्राय पुगीरहनुभएको छ । त्यहाँ त्यै गर्दै हुनुहन्छ जस्तो हामीले गरेका छौँ । प्रथम जिल्ला अधिवेशन, प्रथम प्रदेश अधिवेशन यस्तै यस्तै । जब की कयौँ बर्षदेखी त्यस जिल्ला र क्षेत्रहरूमा मगर संघहरू संचालित थिए, र पनि यो प्रथम कसरी हुन सक्छ ? भन्ने प्रश्न छैन । किन कि संघियतामा जाँदा संगठनको पद्दति पनि फेरीयो त्यै नुसार नयाँ भएर जानुपर्ने भयो । तर केन्द्रीय समितिको स्थापना र इतिहास त उही २०३९ साल फागुन १५ नै छ ! जस्लाई हामी सबै ले मगर स्थापना दिवस अर्थात मगर दिवस को रुपमा मनाउँदै आएका छौँ ।
जय मगर संघ ! जय मगराँत !! जय नेपाल !!!
प्रतिक्रिया दिनुहोस