गृहमन्त्रालयमा आगो लाग्यो


कार्तिक २९, काठमाडौं । सिंहदरबारस्थित गृहमन्त्रालयमा बिहीवार आगलागी भएको छ । एसी पड्किदा गृहमन्त्रालयमा आगलागी भएको हो ।

गृहमन्त्री रामबहादुर थापाका प्रमुख सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईको कार्यकक्षमा बिहीवार दिउँसो आगो लागेको हो ।

राईको कार्यकक्षमा एसी तातेर पड्किँदा आगो लागेको गृहमन्त्रालय स्रोतले जानकारी दियो । आगो लाग्दा राई कार्यकक्षमा थिएनन् ।

आगो केहीबेरमै नियन्त्रणमा लिइएको थियो । आगलागीबाट सामान्य क्षति भएको गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ ।

२०७५ कार्तिक २९,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको