कार्तिक २९, रामेछाप । मितेरी समाज युएईले रामेछापको दोरम्बा गाउँपालिका -७ थापागाउँको भिमेश्वर माध्यमिक बिद्यालयको लागी पचास हजार एक सय एक रुपैयाँ सहयोग गरेको छ ।
२०७२ सालको भूकम्पले विद्यालयको भवन भत्काएपछि नयाँ बिद्यालय भवन बनाउन एडीबी मापदण्ड अनुसार जग्गा अपुग भएपछी स्कुलले चार बर्ष अघि खरीद गरेको ८ रोपनी जग्गाको ऋण तिर्न नसकेपछि मितेरी समाजले सहयोग गरेको हो ।
एसियाली बिकास बैंक (एडीबी)को सहयोगमा साढे सात करोडको लगानीमा नयाँ भवन निर्माण भएपनि त्यो भवन निर्माण गर्न खरिद गरेको ८ रोपनी जग्गाको १६ लाख रुपैयाँ स्थानीयको टाउकोमा थोपरिएपछी रामेछापको भिमेश्वर मा वि यतिबेला सहयोगको लागी हात थाप्न बाध्य भएको छ ।
बिद्यालय निर्माणको लागी तत्काल ८ रोपनी जग्गा खरिद नगरे योजनानै रद्ध हुने भनेपछि स्कुलले तत्काल खरिद गरेको जग्गाको ऋण तिर्न अझै ८ लाख बाकि छ चितवनका एक जना ड्राइभरले दुई लाख सहयोग गरे स्थानीयले ६ लाख जति उठाए बाकींको अहिले ब्याज तिरिरहेका छौ सहयोग रकम पाएपछि स्कुलका प्राध्यापक गणेश नगरकोटीले भने ।
सरकारी बिद्यालयलाई सरकारले नै सहयोग नगरेपछि स्थानीयहरु आफै ऋण तिर्न बाध्य छन् । गाँउपालिका अध्यक्षले समेत सुरुमा बचन दिएर अहिले वास्ता नगरेको र सांसदलाई पनि पटकपटक कुरा गर्दा त्यसतर्फ ध्यान नगएकोले स्थानीयहरु तनावमा रहेको उनले सुनाए ।
सामाजिक कार्यमा बिगत केहि बर्ष देखि सक्रिय रहेको मितेरी समाज युएईले तर्फबाट सस्थाका संरक्षक प्रेम रिजाल अध्यक्ष प्रदिप पुन मगर दुबई शाखाकी निवर्तमान अध्यक्ष सन्ध्या मोक्तान सुस्केरा सुरेश बर्तौला शर्मिला गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम प्रिमियर इमादान ह्युमन रिसोर्स बसुन्धरामा भएको थियो कार्यक्रमको लागी निशुल्क हल उपलब्ध गराईदिएको भन्दै त्यसका संचालक अमृत रिजाललाई पनि मितेरी समाजले धन्यवाद ज्ञापन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस