असोज २९, काठमाडौं । प्रहरीले दशैको अवसरमा काठमाडौँ उपत्यकामा ३ दिनसम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।
प्रहरीले असोज ३१, कात्तिक १ र २ गते गरी ३ दिनका लागि नेपाल काठमाडौं उपत्यकाभित्र विभिन्न ३ रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।
निःशुल्क बस सेवा अन्तर्गत रुट नम्बर १ मा सञ्चालन गरिने बस नक्साल, पुतलीसडक, माईतीघर, कुपण्डोल, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, सहिदगेट, रत्नपार्क र दरबारमार्ग हुँदै पुनः नक्साल फिर्ता हुने छ।
त्यस्तै रुट नम्बर २ मा सञ्चालन गरिने बस नक्साल मैतिदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माईतीघर, त्रिपुरेश्वर, सहिदगेट, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक, बालुवाटार हुँदै पुनः नक्साल फिर्ता हुने छ।
यसैगरी रुट नम्बर ३ मा सञ्चालन गरिने बस नक्साल, जयनेपाल, लैनचौर, सोह्रखुट्टे, नयाँ बजार, बालाजु चोक, नयाँ बसपार्क, तिलिङगेटार, नारायणगोपाल चोक, सुकेधारा चोक, चाबहिल, गौशाला र रातोपुल हुँदै पुनः नक्साल फिर्ता हुने छ।
नागरिकलाई आवागमनमा सजिलोका लागि सञ्चालन गरिएका तीन वटै रुटका बसहरुले बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म तोकिएको रुटमा निरन्तर सेवा प्रदान गर्ने प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस