कहाँ थिए जनवादी गायक मोहित श्रेष्ठ: जमिन बेचेर युद्द सिर्जनाको जगेर्ना गर्दै [भिडियो]


सभ्य अनि शालीन स्वभावका उनि । उनलाई सुन्दा सबै मोहित हुन्थे । त्यसैले त रह्यो होला उनको नाम नै ‘मोहित’ ।

नेपाली दश बर्षे सांस्कृतिक क्रान्तिमा निकै गुन्जिएको एउटा आवाज हो ‘मोहित’ । त्यो आवाजलाई सुन्नेहरुले आफ्नै आवाज जस्तो महसुस गर्थे । सायद जनवादी कलाकारको अर्थ यहि हुनुपर्छ, ‘उस्ले गाउँदा पनि आफैले गाय जस्तो भान हुने’ ।

युद्द बेला दुश्मनको बंकर भत्काउने जनमुक्ति सेना उनको आवाजको फ्यान थिए । बस्तिभरि उनको सुमधुर आवाज सुन्न अथाह ओइरो लाग्थ्यो । सजीव प्राणीहरु त झुम्थे नै ! निर्जीव भइ त्यो ठिंग उभिएको सिस्ने र जलजला पनि झुम्ने गर्थ्यो ।

जनताका गीतहरु उनको आवाजमा तरंगित हुन्थे । उनको मुक्त कण्ठबाट निस्कने सुरिलो आवाजले सुन्नेहरु मोहित हुन्थे । लाग्थ्यो उनको कर्मले दिएको नाम ‘मोहित’ हो ।

रोल्पा जंकोटमा जन्मिएका जनवादी गायक ‘मोहित श्रेष्ठ’ युद्दकालको निकै चर्चित नाम हो । यो नाम र आवाज युद्द बिस्राम संगै बिसाए जस्तो भान भयो, जब उनि खुल्ला परिवेशमा हराउन बाध्य भए, धेरैलाई न्यास्रो लाग्यो ।

सबैलाई मोहित पार्ने मोहित श्रेष्ठ शान्तिकाल पछी कहाँ गए होलान ? युद्द्का आस्थाहरुले यस्तै चियो गर्ने गर्थे । उनलाई धेरैले नखोजेका पनि होइनन, नसम्झेका पनि होइनन । खोज्ने र सम्झिनेहरु धेरै थिए ।

बिकसित टेक्नोलोजीको आगनमा नयाँ प्रविधिको साथ् भेटिने उनको प्रतिक्षामा धेरै बर्षहरु बिते ।

सायद युद्दले ध्वस्त बनाएको उनको लथालिङ्ग जिन्दगीलाई सम्हाल्न गाह्रो थियो होला । त्यसैले त नचाहादा नचाहादै पनि उनको कला र गलाले बिस्राम लिनै पर्ने विवस बनायो होला । उनि निकटका आस्थाहरुको निचोड थियो ।

खासगरि उनको सामु परिवेश फरक ढंगले उपस्थित भयो । जीवन संगिनी र छोरा छोरी सहित आफ्नै सानो घर संसार बन्यो । युद्द बिस्राम पछी बस्तिभरीका अभावहरु पार लाग्ने छन् भन्ने उनको सोंचाई र बुझाई भन्दा फरक बन्यो देशको व्यबस्था ।

युद्द बेला झैँ परिवर्तनका गित गाउने दिनहरुको बिट मार्नै लाग्दा जिन्दगीले थप संकटको भारी बोकेर उभियो । पढ्ने र धन कमाउने बेला मूल्य बिहिन आवाज बनाएर पार्टी र क्रान्तिलाई सुम्पिए । तर आज परिवर्तनको ढ्वांग फुकेर आएको क्रान्तिले यिनैको जिन्दगीबाट उल्टो महंगो मूल्य खोजि रहेको छ, ज्युउन गाह्रो बनाइ रहेको छ ।

उसो त उनि एक प्रतिनिधि पात्र मात्र हुन् । उनि जस्तै लाखौ जिन्दगीहरु यसरि अदृश्य सपनाको खोजीमा हराई रहेका छन् ।

आफु संग भरपुर गला थियो तर गला चलाउन पैसा थिएन । आखिर युद्द जितेर पनि अन्ततः पैसाकै अड्को हुँदो रहेछ । पैसा नभए मोहितको गलाको पनि के काम रहेछ र ! उनि संग प्रयाप्त पैसा हुँदो हो त आज काठमाडौंको रंगमञ्चमा मोहित श्रेष्ठ नामी कलाकार मध्ये एक पक्कै हुन्थे ।

बिकल्पमा आफु बाँच्न र घर संसारलाई बचाउन धन कमाउन विदेश पसे उनि । तर उनलाई त्यहाँ पनि भाग्यले साथ् दिएन । केवल ४ महिनाको छोटो अन्तरालमा रित्तो हात घर फर्किए ।

मजदुरी गर्न कालापार (भारत) पनि पसे, आफ्नै गाउँघरमा मजदुरी गरे । जिबन गुजारा गर्न कुखुरा पनि पाले तर त्यसमा पनि सफल भएनन् । सानो पुजीलाई ठुलो पुजिले विस्थापित गर्ने देशको राज्य ब्यबस्थाले उनलाई असफलै-असफल तुल्यायो ।

यसरी युद्द बिस्राम पछी कलाक्षेत्रबाट आफुलाई बिसाएको १० बर्ष पार गर्यो ।

हरेक संघर्षबाट हारेका मोहितले युद्द भूमिबाट जन्मिएका आफ्ना सिर्जनाहरु बचाउनु पर्छ भन्ने आत्मबल देखि भने हारेका छैनन् । बरु आफु संग भएको एकटुक्रा जमिन बेचेर भएपनि युद्दका निशानी आफ्ना सिर्जनाहरुलाई जगेर्ना गर्न त्यहि स्वार्थी सहर काठमाण्डौमा भौतारिदै छन् ।

जमिन बेचेर युद्दका सिर्जनाको जगेर्ना गर्दै

उनि साँगीतिक क्षेत्रबाट हराउनुको कारण आर्थिक धरातल बलियो नहुनु नै हो । उनका सिर्जनाहरुलाई जगेर्ना गर्न उनीसंग प्रयाप्त सामर्थ्य छैन ।

युद्दमा सांस्कृतिक कर्मिहरुले दिएको योगदान अतुलनीय छ । उनको त्याग तपस्यालाई हेरेर, युद्दको प्रतिभालाई जोगाउन सत्ता र शक्तिमा रहेको प्रचण्ड कामरेडको पार्टीले सहयोग गर्छ वा गर्दैन, त्यो भबिस्यमा थाहा होला । पार्टी र नेतृत्वले यस्ता सर्जकहरुलाई संरक्षण गर्नुपर्ने दायित्व भने पक्कै हो ।

तर यतिबेला प्रतिरोध सांस्कृतिक परिवारका बरिष्ठ गायक मोहित श्रेष्ठ आफु संग भएको जग्गाको केहि टुक्रा बेचेर युद्दकालमा जन्मिएका आफ्ना सिर्जना बचाउन जुटेका छन् । उनि युद्दमा सहभागी हुँदा आफुले गरेका सिर्जनाहरुको जगेर्ना गर्ने धेयका साथ रेकर्डिङमा व्यस्त छन् ।

युद्दको उद्गमस्थल रोल्पाबाट जनबादी गायकको रुपमा निकै चर्चामा रहेका मोहित श्रेष्ठ लामो समय पछी कलाक्षेत्रमा पुनः सक्रियता हुन खोजिरहेका छन् । उनको उतारचढावको जिन्दगिको कथा संगै आर्जिएका सिर्जनाहरु संरक्षण गर्नको लागि आफुसंग भएको केहि टुक्रा जमिन बेचेर काठमाडौंका स्टुडियो धाउदै गरेको उनको भनाई छ ।

हेर्नुहोस भिडियो 

युद्द बिश्राम पछी लगभग १० बर्ष सम्म गुमनाम भएका मोहित श्रेष्ठ आफ्नो एतिहासिक सिर्जनाहरु जोगाउन कसरत गरिरहेका छन् । १० बर्षे जनयुद्दबाट आर्जित सिर्जनाहरु आफ्नो युट्युब मार्फत सार्वजनिक गर्ने योजनामा छन् ।

यतिबेला जनबादी गायक मोहित श्रेष्ठले पुनः जनयुद्दको घाउ बोकेर आफ्नै आवाजको गित ल्याएर स्रोता माझ आएका छन ।

ऐतिहासिक महान जनक्रान्तिका जीउँदा सहिदहरुप्रति समर्पित ‘सम्मान गरौ घाइतेहरुलाई’ नामक जनबादी गित ल्याएर आएका हुन् ।

आफ्नै सुमधुर आवाजमा सजिएको गित ‘सम्मान गरौ घाइतेहरुलाई’ आफ्नै युटुब मार्फत ल्याएर आएका छन् । उक्त गितको शब्द जनयुद्दका घाइते योद्दा कामरेड गुलावको रहेको छ भने कोरियो ग्राफमा उनकै सांस्कृतिक सहकर्मी भिम कुमाखीको रहेको छ । संगीत स्वयं मोहित श्रेष्ठकै रहेको छ ।

उनको आगमन संगै फ्यानहरुमा आशा र उत्साह जागेको छ । प्रगतिको शुभकामना छ ।

उनको शैन्य जिबन  

२०५४/५५ सालमा नेपालमा जनयुद्दको पहिलो लडाकु सैन्य संरचना अन्तर्गत एउटा कम्पनि निर्माण भएको थियो । त्यसको कमान्डर हालका उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ थिए । उक्त कम्पनि भित्र ३ वटा प्लाटुन थियो । रोल्पाको १ नम्बर प्लाटुन, रुकुमको २ नम्बर प्लाटुन र सल्यानको ३ नम्बर प्लाटुन थियो ।

मोहित श्रेष्ठ रोल्पाको एक नम्बर प्लाटुनको सदस्य थिए । उनले २०५८ साल सम्म सैन्य दस्तामा काम गरे । प्युठानको भिंग्री प्रहरी चौकी उनको पहिलो आक्रमण थियो । त्यसपछि घर्तीगाउँ प्रहरी चौकी, रुकुमकोट प्रहरी चौकी, जाजरकोट पाँच कटिया प्रहरी चौकी, डोल्पाको दुनै सदरमुकाम, झेवा खोला प्रहरी चौकी कारबाहीमा सहभागी सैन्य सदस्य थिए ।

सैन्य दस्तामा रहेर काम गर्दा उनि सांस्कृतिक विभागमा काम गर्थे । उनको गायकी र गित सिर्जना देखेर जनमुक्ति सेना त त्यसै मोहित थिए नै पछी उनको गायन विधालाई लिएर सर्बत्र चर्चा चुलिए पछि पार्टीले मध्य कमाण्ड अन्तर्गत प्रतिरोध सांस्कृतिक परिवारमा सामेल गराएको थियो ।

त्यसपछि उनले आफ्नो गायकी जादु प्रस्तुत गर्ने मौका पाए । प्रतिरोध सांस्कृतिक परिवारको प्रस्तुतिमा उनको जादुमयी आवाजले जनयुद्धको उद्गमस्थल रोल्पाको परिचयलाई अझै फराकिलो बनायो ।

शैन्य क्षेत्रमा कमान्डर पासाङको सैन्य योगदानको इतिहास र जनबादी गायक मोहित श्रेष्ठको जादुमयी आवाज युद्दको उद्गमस्थल रोल्पाका चिनारीहरु हुन ।

 

२९ आश्विन २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको