असोज २९, काठमाडौँ । रोयल सोसाइटी अफ बायोलोजीले सन् २०१८ को ‘फोटोग्राफर अफ द इयर’ घोषणा गरेको छ । फोटोग्राफर अफ द इयरको उपाधि १७ वर्षका ज्याक ओलिवले जित्न सफल भएका छन् ।
छेपारोको तस्बिर, चिसो मौसममा रुखबाट झरिरहेको पात जमिनमा छरिएको पातको कलाकारिता र उडिरहेको चराका तस्बिर छनोटमा परेका छन् ।
यी तस्बिर रोयल सोसाइटी अफ बायोलोजीको सन् २०१८ को ‘फोटोग्राफर अफ द इयर’, ‘युवा फोटोग्राफर अफ द इयर’ प्रतियोगिताका लागि छनोटमा परेका थिए । यसपटक प्रतियोगिताको विषय ‘प्याटर्न इन नेचर’ राखिएको थियो ।
१७ वर्षका ओलिवलाई उनको ‘लेपर्ड गेको’ तस्बिरले फोटोग्राफर अफ द इयर बनायो ।
यसबाहेक बिजेता तस्बिरमा समावेश रोबर्ट ब्यूनोको तस्बिरले पनि मानिसहरुको ध्यान आकृष्ट गर्न सफल रह्यो । तस्बिरमा पातमाथि लार्भा हिँडेको निशान कुनै अलंकारजस्तो देखिएको थियो । पहेंलो पातमा लार्भाको निशान कुनै घुमाउरो सडकजस्तो देखिएका थिए ।
ओर्बी भेरिगाटाको यो फूललाई १० वर्षका माइलो हाइलले आफ्नो क्यामरामा कैद गरेका थिए ।
केबेक्का कीनले यो तस्बिर विन्डरमर लेक नजिक खिचेका थिए । तस्बिरमा एक भ्यागुतोलाई आफ्नो अण्डासहित पौडी खेलिरहेको देखिन्छ।
पानी पिउँदै गरेको जेब्राको यो छायाँले तस्बिरमा देखिन्छ । इमोगन स्मिथले यो तस्बिर केन्याको लेवा रिजर्भमा लिएका थिए ।
गुएलहेम डुवोटले यी तस्बिर स्लोवाकियामा लिएका थिए ।
यो लेउ संसारभरीको पोखरी र तालको किनारामा पाइन्छ ।
फाइलम क्लासको एक काेष ।
यो तस्बिर सिएन क्लेटनले ड्र्यागन फ्लाई पखेटाको खिचेका हुन् । उनका अनुसार गाइने किराको पखेटा अविश्वसनीय रुपमा जटिल हुन्छ ।
विराजले यो तस्बिर मुम्बईमा खिचेका थिए । चिसो मौसममा यो पंक्षी ।
यो तस्बिर हेनरी कोसकिनेनले खिचेका हुन् ।
किराको यो तस्बिर स्टिव लरीले खिचेका हुन् ।
प्रतिक्रिया दिनुहोस