दुई असईसहित ९ प्रहरी घुस लिँदै गर्दा काठमाडौंबाट पक्राउ


भदौ ३०, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जना प्रहरी सहायक निरीक्षक (असई)सहित ९ जना प्रहरीलाई पक्रेको छ ।


घुस रकमसहित अख्तियारको टोलीले काठमाडौंको काँडाघारी र कोटेश्वरबाट उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा महानगरीय प्रहरी प्रभाग काँडाघारीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गोपाल श्रेष्ठ र महानगरीय प्रहरी वृत ठिमीमा कार्यरत सुवास ढुंगाना रहेका छन् । यस्तै ७ जना प्रहरी जवान पनि रहेको प्रहरीले जनाएको छ।

अख्तियारबाट गएको प्रहरी टोलीले श्रेष्ठलाई ३० हजार घुस रकमसहित कोटेश्वरको लुम्बिनी तन्दुरी भोजनालयबाट नियन्त्रणमा लिएको जनाएको छ। श्रेष्ठसँगै महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी जवान मुकेश पटेल ५ हजार घुस रकमसहित पक्राउ परेका छन्।

यस्तै काँडाघारीबाट ७ जना प्रहरी पक्राउ परेको अख्तियार श्रोतले जनाएको छ। काँडाघारीबाट पक्राउ पर्नेमा एक असई २ हवाल्दार र ४ जना जवान रहेका छन्।

पक्राउ परेका प्रहरीहरुल मनहरा खोलाको बालुवा निकाल्ने सेटिङ मिलाईदिने भन्दै ठेकेदारसँग घुस मागेको अख्तियारले जनाएको छ। पक्राउ परेका प्रहरीको साथबाट अख्तियारले एक लाख रुपैयाँ बरामद गरेको छ।

३० भाद्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको