भदौ ३० काठमाडौं । कंचनपुरकि निर्मला पन्तको दोषी अहिले सम्म पत्ता नलाग्दा केपी ओली नेतृत्वको सरकारलाई नै चुनौती भैरहेको बेला आफ्नै नेता तथा कार्यकर्ताहरुले सरकार प्रति गम्भीर आरोप लगाउन थालेका छन् । नेपाल कम्युनिस्ट पार्टीबाट गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले निर्मला हत्याकाण्डबारे यस्तो गम्भीर आरोप लगाएका हुन्।
मुख्यमन्त्री गुरुङले निर्मला हत्याकाण्डमा एक व्यक्तिलाई बचाउन राज्य नै लागेको गम्भीर आरोप लगाएका छन्।
शुक्रबार पोखराको एक कार्यक्रममा बोल्दै उनले आफ्नो मान्छेलाई अपराधी नै भएपनि काखी च्याप्ने प्रवृत्तिले काम गरेको आरोप लगाए। उनले प्रश्न गरे, ‘राज्य एउटा व्यक्तिलाई, आफ्नो मान्छेलाई बचाउन लाग्छ । यस्तो सिस्टम भयो मुलुकमा । सिस्टमले शासन गर्छ कि व्यक्तिले शासन गर्छ ?’
पार्टी र संगठनको आडमा अपराधीलाई बचाउ गर्ने गरेको संकेत गर्दै गुरुङले भने ‘हामी त एउटै कुलको भनेपछि एउटै पार्टीको भनेपछि, झन् आफ्नै दाजुभाइ भनेपछि त हुरुक्कै हुन्छौं । अपराधी भएपनि बचाइरहन्छौं,’ उनले भने, ‘उ त्यो निर्मला हत्याबारेमा त्यहीं भएको होइन ? कसलाई बचाउनु प¥याछ त्यहीं भएर घुमिफिरी रुम्जाटार जस्तो भइरहको छ ।’ मिडिया डबलीमा खबर छ ।
प्रतिक्रिया दिनुहोस