निर्मलाका आमाबाबा न्याय माग्दै सडकमा


भदौ ३०, काठमाडौं । देशभर बढिरहेका बलात्कारका घटनामा संलग्नलाई कारबाही गर्न र पीडितलाई न्याय दिन सरकार असफल भएको भन्दै राजधानीमा प्रदर्शन भएको छ। शनिबार राजधानीसहित देशका विभिन्न क्षेत्रमा विरोध प्रदर्शन भएको छ।

‘निर्मलाका निम्ति न्याय’ नाममा काठमाडौंको माइतिघरमा युवाले स्वतःस्फुर्त विरोध र्‍याली गरेका हुन्।

शनिबार १ बजेदेखि सुरु भएको प्रदर्शनमा युवाले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिकालाई न्याय दिन माग गरेका छन्। ५२ दिन बितिसक्दा पनि निर्मलाको बलात्कार र हत्यामा संलग्न पत्ता लगाउन नसकेको भन्दै र्‍यालीका सहभागीहरूले सरकारको चर्को विरोध गरेका थिए।

पत्रकार तथा बुद्दिजिबि र नागरिक अगुवाईहरु निर्मलाको न्यायका लागि सडकमा सहभागी भएका थिए ।

काठमाडौंको माइतीघर मण्डलबाट सुरु भएको र्‍याली नयाँ बानेश्वरतर्फमा आएर कोणसभामा परिणत भएको हो। कोणसभालाई निर्मलाका बुबा यज्ञराज लगायतले सम्बोधन गरेका थिए।

३० भाद्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको