तेह्रथुम समाज यूएई, पुनर्गठन: खड्कबहादुर जोगीको उद्दारमा जुट्ने


भदौ ३०, युएई । रोजगारको शिलशिलामा युएईमा रहेका पूर्वका तेह्रथुमेहरु एकजुट हुँदै ‘तेह्रथुम समाज युएई’ गठन गरेका छन। १४ सेप्टेम्बर सुक्रवारका दिन बरदुवइको श्रीराज लस्सी एण्ड क्याफेमा आयोजित भेलाले, सन २०१२ मा गठीत युएईमा निस्क्रिय रहेको तेह्रथुम समाज, यूएईलाई १५ सदस्यीय कार्यसमिति निर्माण गरी, पुनर्गठन गरेको छ । उक्त भेला द्वारा समाजको अध्यक्षमा पिएस निङलेकु लिम्बूलाई सर्वसम्मत चयन गरेकाछन् ।

त्यसैगरि समितिका अन्य पदाधिकारीहरु र सदस्यहरुपनि सर्वसम्मत छनौट गरेको छ । अन्य पदाधिकारीहरुमा प्रथम उपाध्यक्षमा बिमल मैनाली र दित्तीय उपाध्यक्षमा भिम गुरागाई, महासचिवमा राजेन्द्रप्रसाद कोइराला, सचिवमा सरोज पंहाङगो, कोषाध्यक्षमा लक्षुमन काफ्ले, सह-कोषाध्यक्षमा राधाकृष्ण अधिकारी छन् बहने केन्द्रीय सदस्यहरुमा गोबिन्द लुम्फुङवा, दीर्घराज भट्टराई, गोपालचन्द्र दर्नाल, कन्चन जोगी, राजु फोम्बो, डिल्लीराम लिम्बू, योगेश निङलेकु, खड्क सिङ्जागो छन् ।

विधान मस्यौदा समिति गठन

नवगठित समाजका अध्यक्ष पिएस निङलेकु लिम्बूको अध्यक्षतामा बसेको समाजको पहिलो बैठकले विभिन्न प्रस्तावहरु माथि छलफल गरि निर्णयहरु पारित गरेको छ ।

जस अनुसार ‘तेह्रथुम समाज युएई’को विधान मस्यौदा निर्माणका लागि ५ सदस्यीय विधान मस्यौदा समिति निर्माण गरेको छ । उक्त समितिको संयोजकमा पीएस निङलेकु लिम्बू, उपसंयोजक राजेन्द्रप्रसाद कोइराला र सदस्य हरुमा राधाकृष्ण अधिकारी, भिम गुरागाई, सरोज लिम्वू रहेका छन् ।

विधान मस्यौदा समितिले आगामी अक्टोबरको ५ तारिख सुक्रबार हुने केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्ने गरि तयार गर्ने भएको समितिले जनाएको छ।

तेह्रथुमका खड्कबहादुर जोगीको उद्दार समिति गठन

युएईमा ४ वर्षदेखि जेल सजाय भोगिरहेका तेह्रथुमका खड्क बहादुर जोगीलाई फिलिपिनो नागरिकको हत्याको आरोपमा दुई लाख दिर्हाम अर्थात ६२ लाख रुपैयाँ ब्लडमनि सजायको फैसला सुनाए पछी देश बिदेशबाट उनको उद्दारमा जुटेका छन्।

संस्थाका अध्यक्ष पिएस निङलेकु लिम्बूको संयोजकत्वमा १३ सदस्यीय ‘खड्कबहादुर जोगी उद्वार समिति’ गठन भएको छ।
उद्दार समितिले प्रारम्भिक चरणमा खड्कबहादुर जोगीको अहिलेसम्मको स्थिति संक्षिप्त जानकारी संकलन देखि निजको उद्वार गर्न आवश्यक प्रक्रिया अन्तर्गत वैदेशिक प्रवर्द्वन बोर्ड र नेपाली दुतवास, यूएईसंग समन्वय गरेरमात्र, देशबिदेशमा रहेका संघसंस्था तथा नेपालीहरुसंग सहकार्य गरी, प्रक्रियागत ढंगले अगाडि बढाईने उद्वार समितिका संयोजक पिएसले जानकारी दिनुभएको छ ।

यसरी युएईमा रहेका तेह्रथुमबासिहरु नब गठित संगठनमा गोलबन्द भइ सुख र दुखमा एक अर्काको साथि बन्न अध्यक्ष पिएस निङलेकु लिम्बूले अनुरोध समेत गरेका छन् ।

३० भाद्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको