लमजुङ समाज युएईको चेलीबेटी दर खुवाउने कार्यक्रम सम्पन्न


भदौ ३०, युएई। लमजुङ समाज युएईको आयोजनामा शुक्रबार ममताज रेस्टुरेन्टमा हिन्दु नारीहरुको तिज अवसरमा निसुल्क दर खुवाउने कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम हेर्नकै लागि पैसा असुल्ने परिपाटी चलिरहेको बेला समाजले युएईमा नाचगान भेटघाट कार्यक्रमको साथमा नि:शुल्क दर खुवाउने कार्यक्रमको आयोजना गरेको थियो ।

प्रवासमा रहदा माइतीको झझल्को मेटाउन समाजले गरेको काम सहरानिय छ । समाजका अध्यक्ष महेश पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युएईमा रहेका विभिन्न स्थानमा रहेका दिदीबहिनीहरुको उल्लेखनीय सहभागीता रहेको थियो । समाजकै बरिस्ठ उपा-अध्यक्ष बाबुराम सापकोटाले कार्यक्रम संचालन गर्नु भयको थियो ।

स्वागत मनतब्य राख्दै कोसा-अध्यक्ष अनिता गौलीले माइती बनेर दर खुवाउने कार्यक्रम गर्ने आयोजकलाई धन्यवाद दिंदै सबैलाई कार्यक्रममा मनोरञ्जन लिन पनि आग्रह गरिन् । समाजक संरक्षक मुक्ति तमुले प्रबासमा रहेर पनि चेलीबेटीहरुलाई खुसि पार्दै प्रबासमा अलि नया ढंगले चेलीबेटीलै भेटघाट साथै दर खुवाउने कार्यक्रम योजनाले समाज सफल भयकोमा सबैलाई धन्यवाद दिनु भयो।

समाजका अध्यक्ष महेश पराजुलीले कार्यक्रम समापनको क्रममा समाजको निमन्त्रणा सुइकारेर आउनु हुने सम्पूर्ण उपस्थीत दिदीबहिनीहरुलाई तिजको सुभकामना दिदै प्रबाशमा चेलीबेटीहरुलाई पर्ने सबै खाले आपत बिपतमा समाजले सक्ने सहयोग गर्ने प्रतिबद्दता गर्नु भयो।

३० भाद्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको