अन्तर्राष्ट्रिय राेल्पाली सेवा समाजले उद्दार गरेकी चेली काठमाडौं अाईपुगिन्


भदौ ३०, काठमाडौं । अन्तर्राष्ट्रिय राेल्पाली सेवा समाज साउदी शाखाले उदार गरेकी सुनसरीकी मञ्जु शुक्रबार राति ९ बजे काठमाडौं अाएकी छिन् ।

डेढ बर्ष पहिले दलाल निरु श्रेष्ठ मार्फत कुबेत हुँदै साउदी पुर्याएरकी ती महिलालाई, समाजिक सञ्जाल मार्फत अन्तर्राष्ट्रिय राेल्पाली सेवा समाज साउदी शाखाका महासचिव चन्द्रप्रकाश पुनले सम्पर्क गरेका थिए ।

अाफु घरेलुु कामदारका रुपमा कार्यरत रहेकाे उदारपछि काठमाडौं अाएकी मञ्जुले बताईन् । अाफुलाई दलालले घरेलुकामदारका लागि मलिक संग २ लाखमा बेचेको बताईन् । कुबेत, साउदीमा महिलाले काम गर्न नखाेज्दा समेत दलालले मान्छे लगाएर कुट्छन् उनले भनिन् ।

अन्तर्राष्ट्रिय राेल्पाली सेवा समाजकाे उदार, साउदी स्थित नेपाली राजदूतबासकाे पहलमा उनलाई नेपाल ल्याउन सफल भएको अन्तर्राष्ट्रिय राेल्पाली सेवा समाजका महासचिव लेख प्रसाद राेकाले बताए । “निकै चुनाैतीका बाबजुद हामीले याे काम गर्न सफल भएका छाै” । उनलाई यहाँ सम्म ल्याउनका लागि सेवा समाज साउदी शाखाका चन्द्र जिले अाफ्नाे ज्यानै जाेखिममा राख्नुभयाे” महासचिव राेकाले भने ।

शुक्रबार बेलुकी त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल अाएपछि, ती महिलाले खुसि हुदै अन्तर्राष्ट्रिय राेल्पाली सेवा समाजलाई धन्यवाद समेत ब्यक्त गरिन् । अाफुले लुकेर सामाजिक सञ्जाल प्रयोग गरेकै कारण र सेवा समाजले उदार गरेपछि अाफ्नाे जन्मभुमिमा र्फकन सफल भएको उनले बताईन् ।

ती महिलालाई स्वागत गर्न, अन्तर्राष्ट्रिय राेल्पाली सेवा समाजका महासचिव लेख प्रसाद राेका, अन्तर्राष्ट्रिय राेल्पाली सेवा समाजका काेषाध्यक्ष टाेप बहादुर पुन, पत्रकार जीवन डाँगी, गायक तथा सञ्चारकर्मी बिरेन्द्र खड्का, राजकुमार थापा, सुमित्रा राेका लगायत पुगेका थिए ।

महासचिव लेख प्रसाद राेकाले यसाे भने :

“उनलाई उदार गर्न निकै कठिन थियाे” । उनी घरेलुु कामदारका रुपमा कार्यरत थिईन” । “त्यहाँ सुनसरीकि महिला अाफै पनि बाहिर निस्कन्छु भन्ने कल्पनै थिएन” । “तरपनि पनि अन्तर्राष्ट्रिय राेल्पाली सेवा समाजमा समन्वय गरेपछि साउदी शाखाका महासचिव चन्द्र जिले सामाजिक सञ्जाल मार्फत सम्पर्क गर्नुभयाे” ।

“साउदी कै ट्रयाक्सी संग सम्पर्क गरेर चन्द्र जि मालिक नभएको बेला, ती महिलाले काम गरिरहेकाे ठाउँ पुग्नुभयाे” । सेवा समाजका चन्द्र जिलाई, ती महिलाले काम गरिरहेकाे घर पत्ता लगाउन निकै समस्या भएकाे थियाे”।

“पछि बल्ल घर पत्ता लागेपछि, उहाँले पछाडिको पर्खालबाट निकालेर उदार गरि, साउदी स्थित नेपाली राजदुतावासमा जिम्मा लगाउनुभयाे” । “उदार भएपछि उहाँ नेपाल अाउन करिब एक महिना लाग्याे” । “हाम्रो संस्था याे काम प्रति निकै खुसि छ” ।

३० भाद्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको