सल्यान बागचौर नगरका मेयरले पत्रकारलाई पैसामा बिक्छन भनेपछि…


साउन ३०, सल्यान । सल्यान बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले पत्रकारमाथि लगाएको आरोपले यतिबेला सल्यानमा चर्चा पाएको छ ।

मेयर बुढाथोकीले ‘सल्यानका केहि पत्रकार पैसामा बिक्छन’ भन्ने समाचार बिभिन्न अनलाइनमा प्रकाशित भएपछी यतिबेला बिबादमा आएका छन ।

केहि समय अघि ‘कसकाे ध्यान जाला राप्ती राजमार्गकाे सल्यान बागचाैरमा ?’ भन्ने शिर्षकको समाचार लेकाली अनलाइनमा छापिए पछि प्रमुख लोकमान बुढाथोकीले सम्पादक केसीलाई सल्यानका पत्रकारहरु पैसामा बिक्ने बताएका थिए । मिडियाका साथिहरुलाई पैसा नदिदासम्म एउटा समाचार लेख्ने, पैसा दिइसकेपछि अर्काे समाचार लेख्ने केहि पत्रकारहरु पनि छन सल्यानमा । म त्यो पनि पर्दाफास गरिदिनेवाला छु’ मेयर बुढाथोकीको भनाई थियो ।

त्यसैगरि मेयर नजिकका व्यक्तिहरुले उक्त समाचारलाई लिएर फोन र म्यासेज मार्फत समाचार हटाउन र मिलाउन दवाब दिएको सम्पादक खकेन्द्र केसीको भनाइ छ ।

नगरप्रमुख जस्तो जिम्मेवार व्यक्तीले भनेका कुरा समाचार बन्छन्, उक्त समाचार सच्याउन र हटाउन मिल्दैन भन्ने जबाफ खकेन्द्र केसीले दिएको बताए । उनि भन्छन ‘सबै प्रमाण हामी सँग सुरक्षित छन् ।

मेयरको अभिव्यक्तिप्रति पत्रकार महासंघको ध्यानाकर्षण 

मेयर बुढाथोकीले पत्रकारहरु पैसामा बिकाउ हुन्छन भन्ने अभिव्यक्ति प्रति नेपाल पत्रकार महासंघ सल्यानले आफ्नो ध्यानाकर्षण गराएको छ । ‘सल्यानका पत्रकारहरु पैसामा बिके’ भन्ने समाचार प्रति ध्यानाकर्षण गर्दै बिज्ञप्तिमा भनिएको छ ‘बागचौर नगर पालिका प्रमुख लोक मान बुढाथोकी लगायत अन्य सरोकारवालालाई बिना प्रमाण तथ्य हिन आरोप नलगाउन महासंघ ध्यानाकर्षण गर्दछ।’

पत्रकार आचारसंहिता बिपरित कार्य भएको भए प्रमाण महासंघलाई उपलब्ध गराउन आग्रह गरिएको छ ।

 

३० श्रावण २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको