साउन ३०, नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नं ९ लामाटारको देउराली बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन भने ४ जनाको अवस्था गभ्भीर रहेको छ ।
बुङताङबाट ५०/५५ जना यात्रु बोकी त्रिशुलीतर्फ आउदै गरेको पासाङ लामु यातयातको बा२ख २८०४ नबरको यात्रुबहाक बस दुर्घटना भएको हो । बस सडकदेखी करिब ४० मीटर तल खसेको बताइएको छ ।
गम्भीर घाइते हुनेमा नुवाकोट देउरालीका ६० वर्षिये प्रेमसिङ तामाङ, ६१ वर्षकी चोकनी तामाङ, ५९ वर्षिय ज्ञानबहादुर तामाङ र ३ वर्षका ईसायन रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी प्रमुख वसन्त कुवरले जानकारी दिए ।
सामान्य घाइते हुनेहरुमा टिकामाया तामाङ, रिजम तामाङ होमबहादुर तामाङ, रिता तामाङ र लेसांङ तामाङ रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । अन्य घाइतेहरुको भने नाम थर खुल्न नसकेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।
सामान्य घाइतेहरुको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भैरहेको छ भने गम्भीर घाइतेलाई काठमाण्डौ लगिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस