साउन ३०, धरान । नेपाल कम्युनिष्ट पार्टी दुई जना केन्द्रिय सदस्यसहित चार जनाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रिय सदस्य तथा सगरमाथा व्युरो इन्चार्ज दिपेश राई, केन्द्रिय सदस्य तथा कोसी व्युरो ईन्चार्ज किरण राई, सगरमाथा व्युरो सदस्य. राकेश र शैलेसलाई मंगलबार राति प्रहरीले धरानबाट पक्राउ गरेको हो ।
सुतिरहेके अवस्थामा उनीहरुलाई अपहरणशैलीमा प्रहरीले पक्राउ गरेको जनाईएको छ ।
सुनसरीका एसपी राजन अधिकारीले नेकपाका चार जनालार्इ धरानबाट पक्राउ गरेकाे पुष्टि गरे । उनले चार जनालाई पक्राउ गरेपनि अनुसन्धानका क्रममा रहेकाले अन्य कुनै जानकारी दिन नमिल्ने बताए ।
यता नेकपाले भने मध्यरातमा अपहरणशैलीमा आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ गरेर वेपत्ता बनाएकाे भन्दै बिराेध गरेकेा छ । साे पार्टीर्ले तत्काल पक्राउ परेकाहरूकाे अवस्था सार्वजनिक गर्न पनि माग गरेकेा छ ।
प्रतिक्रिया दिनुहोस