फेक रेस्क्यूमा संलग्न १७ कम्पनीलाई कारबाही सिफारिस


साउन ३०, काठमाडौं । उच्च हिमाली भेगमा भ्रमणका गएका पर्यटकहरुलाई दूषित खाना दिई ‘बिरामी बनाएर’ हेलिकप्टर मार्फत फर्जी उद्धार र उपचारमा संलग्न ट्राभल्स, टुर, रेस्क्सु एजेन्सी, अस्पताललगायत १७ कम्पनीलाई कारबाहीको सिफारिस गरिएको छ । आजको कान्तिपुरमा समाचार छापिएको छ ।

नेपाल सरकारद्वारा गठित अध्ययन कायदलले तयार पारेको प्रतिवेदनमा काठमाडौंको बल्खुस्थित बयोधा अस्पताल, धापासीको ग्रान्डी इन्टरनेसनल हस्पिटल, थापाथलीको नर्भिक इन्टरनेसनल हस्पिटल, सोह्रखुट्टेको इरा हेल्थ सेन्टर, बत्तीसपुलतीको सकोन हस्पिटल प्रालि र कपुरधाराको सिवेक अस्पताल प्रालिले चिकित्सकीय मर्यादाविपरीत फरक फरक शीर्षकमा बिलबीजन खडा गरेको औंल्याउँदै यी अस्पतालमाथि थप छानबिन गर्न र अनुगमन गर्न स्वास्थ्य मन्त्रालयलाई भनिएको छ ।

यस्तै, एयर डाइनेस्टी हेली सर्भिस, मनाङ एयर र हेली एभरेष्ट पनि ठगीमा संंलग्न भएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

ट्रेकिङ टुर तथा रेस्क्युतर्फ इजी हेली चार्टर सर्भिस, फ्लाइट कनेक्सन ठोमेस्टिक, माउन्टेन रेस्क्यु सर्भिस, हिमालयन सोसियल जर्नी ट्रेकिङ, अल्पाइन रेस्क्यु, कैलाश चार्टर रेस्क्यु, माउन्टेन हेली चार्टर र इगल हेली चार्टर सर्भिस रहेका छन् ।

३० श्रावण २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको