साउन ३०, काठमाडौँ । प्रहरीलाई घूस बुझाएको अभियोगमा मलेसियामा दुई नेपालीलाई १ महिनाको जेल सजाय सुनाइएको छ ।
आजको कान्तिपुर दैनिकमा खबर छ, उनीहरुलाई जनही १० हजार रिंगिट जरिवानालगायत सजाय पनि तोकिएको छ ।
सुरक्षागार्डको काम गर्ने ३० वर्षीय सत्यनारायण चौधरी र कन्हैयालाल दास ४० पेनांगस्थित सेसन कोर्टले उक्त सजाय सुनाएको मलेसियाली समाचार संस्था बर्नामाले उल्लेख गरेको छ ।
समाचारअनुसार उनीहरुले मोटरसाइकलमा यात्रा गर्दा प्रहरीलाई १५० रिंगिट घूस अफर गरेका र गल्ती स्वीकार गरेका बताइएको छ ।
जरिवाना रकम उनीहरु दुवैले तिरेका र जेल सजाय जुलाई २९ देखि नै गणना हुने गरी निर्णय सुनाएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस