कक्षा ११ र १२ मा शिक्षाशास्त्र विषय समायोजन सम्बन्धी शिक्षाशास्त्र सरोकार समाजको ध्यानाकर्षण


मङ्सिर २८, भक्तपुर । शिक्षाशास्त्र सरोकार समाज नेपालले पाठ्यक्रम बिकास केन्द्रमा कक्षा ११ र १२ मा शिक्षाशास्त्र बिषय समायोजन हुनु पर्ने भन्दै ध्यानाकर्षण गरेको छ । समाजले आफ्ना मागहरु पाठ्यक्रम बिकास केन्द्रका उपनिर्देशक टार्जन राई समक्ष बुझाएको छ ।

समाजले आफ्नो मागमा सुनुवाइ नभएमा आन्दोलनको बिकल्प नहुने जानकारी समेत गराएको छ । सो अवसरमा उपनिर्देशक राइले मागहरु महानिर्देशक समक्ष प्रस्तुत गर्ने र चाडै नै वार्ता द्वारा मागहरुको सम्बन्धमा थप छलफल गरि निष्कर्षमा पुयाउने जानकारी दिएका छन ।

२८ मंसिर २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको