पोष्टपाटीका प्रधानसम्पादक पत्रकार गोपाल चन्द रिहा


मंसिर २८, काठमाडौ । समाचारको विषयलाई लिएर पक्राउ परेका पोष्टपाटी डट.कमका प्रधान सम्पादक गोपाल चन्द धरौटिमा रिहा हुनुभएको छ ।


काठमाण्डौं जिल्ला अदालतका न्यायाधिस बाबुकाजी बानियाको इजलासले सम्पादक चन्दलाई आज १० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । आदेशपछि उहाँ धरौटी बुझाएर रिहा हुनुभएको छ ।

सम्पादक चन्दलाई गलत समाचार लेखेको भन्दै मंसिर ११ गते पक्राउ गरि विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्धा चलाएको थियो । पत्रकार चन्दको तर्फबाट वरिष्ठ अधिवक्ता एकराजभण्डारी, अधिवक्ता कपिलचन्द्र पोख्रेल, खिमानन्द अधिकारीले बहस गरेका थिए ।

रिहा भएपछि सम्पादक चन्दलाई क्रान्तिकारी पत्रकार संगठनका महासचिव हिम विष्ट, केन्द्रीय सदस्य सागर लामाले स्वागत गरेका थिए ।

२८ मंसिर २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको