असोज २८, रोल्पा । पश्चिम रोल्पाको माडी गाउपालिका २ घर्तीगाउ बजारमा ग्लोबल आइएमई बैंक लिवाङ रोल्पाले एक्स्टेन्सन काउन्टर सन्चालन गरेको छ ।
बैंकका प्रमुख प्रबिन आचार्यको अध्यक्षता तथा माडी गाउपािलका २ का वडाअध्यक्ष ललित घर्तीमगरको प्रमुख आतिथ्यतामा उद्घाटन गरीएको कार्यक्रममा समाजसेवी तथा नेकपाका बिजयकुमार घर्तीमगर, बजार व्यवस्थापन समिति घर्तीगाउका अध्यष कमल घर्तीमगर, इलाका प्रहरी कार्यलय घर्तीगाउका चुन बहादुर कार्की, इलाका प्रशासन कार्यलय घर्तीागाउका गण बहादुर बिक, बिजय लघुबित्त बित्तिय संस्थाका कुम बहादुर थापा, नेपाल बैंक लिमिटेड घर्तीगाउका महेशराज जोशि लगायत घर्तीगाउ बजारका व्यापारी, व्यवसायीहरुको समेत सहभागिता रहेको थियो ।
ग्लोवल आइएमई बैंकका बिनोद डागीले कार्यक्रमको सन्चालन गर्दै बैंकले दिदैँ आएको सेवा सुविधाको सन्र्दभमा समेत प्रकाश पार्न‘भएको थियो । कार्यक्रममा शुभकामना दिदै सहभागिहरुले पश्चिम रोल्पाका बासिन्दा बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले घर्तीगाउ रोल्पामा एक्स्टेन्सन काउन्छर सन्चालन गरेको प्रति खुशि व्यक्त गरेका थिए ।
साथै घर्तीगाउ रोल्पामा धेरै पहिलेदेखि ग्लोबल आइएमई बैंकको आवश्यकता महसुस भई आएको कारण बैंकले आफ्नो एक्स्टेन्सन काउन्टर सन्चालन गरेको बैंकले जनाएको छ ।
‘सबैंका लागी बैंक’ भन्ने मुल नाराका साथ खोलिएको बैंकले गुणस्तरिय बैंकिङ्ग सेवाको साथमा अत्याधुनिक मोवाइल बैंकिङ्ग सेवा, अनलाईन बैंकिङ्ग सेवा तथा बिभिन्न मुलुकबाट रेमिट्यान्स सेवा प्रदान गर्दे आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस