निजि सम्पतिका लोभिहरु कम्युनिष्ट पार्टीका नेता हुन सक्दैनन्, बरु ब्यापारतिर लाग


‘निजि सम्पतिका लोभिहरु कम्युनिष्ट पार्टीका नेता हुन सक्दैनन्, बरु ब्यापारमा लाग’ यो भनाई चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी जिनपिङको भनाई हो ।

चिनियाँ कम्युनिस्ट पार्टीको १९ औं महाधिवेशको पूर्वसन्ध्यामा पार्टीका आन्तरिक प्रशिक्षणमा राष्ट्रपति सीले आधुनिक चीनको आधुनिक कम्युनिष्ट नेता कस्तो हुने भन्ने बिषयमा बहस थालनी गरेका छन् ।

बिशेष गरि भ्रष्टाचार बिषयलाई लिएर चलेको बहसमा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी जिनपिङले यस्तो धारणा व्यक्त गरेका छन, ‘व्यक्तिगत धन सम्पतिको लोभ गर्नेहरुले कम्युनिस्ट पार्टीको सदस्यता लिन हुँदैन, व्यक्तिगत धन सम्पतिको जोह गर्ने कम्युनिस्ट नेताहरुले देश, जनता र कार्यकर्ताको सेवा पनि गर्न सक्दैनन् ।’

बिश्व आधुनिकीकरण भैरहेको बेला संगै मौलाएको भ्रष्टाचारलाई नयाँ ढंगबाट थेग्न कम्युनिष्ट नेता सम्पति बिहिन हुनुपर्छ भन्ने धारणा भने नयाँ सैदान्तिक आधार होइन । माक्स, लेनिन, माओले दिएको कम्युनिष्ट परिचयलाई गाढा गरि पकड्न नसक्नुकै कारण भ्रष्टाचार मौलाएको उनको मूल निचोड हो ।

चीनमा भ्रष्टाचारविरुद्ध विशेष अभियान चलाएर विश्व चर्चित बनेका सीले नीजि धन सम्पतिको लोभ गर्नेहरुले कम्युनिस्ट पार्टीको राजनीतिमा लाग्नुभन्दा ब्यापारमा लाग्न सुझाव समेत दिएका छन ।

सीले आफ्नो पहिलो कार्यकाल पूरा हुँदासम्म १० लाख सरकारी कर्मचारी, १५० पार्टीका उच्च नेतालाई भ्रष्टाचार संलग्न भएको भन्दै कारवाही समेत गरिसकेका छन् । चीनमा पछिल्लो पटक मौलाउँदै गएको भ्रष्टाचारले हैरानी बनाएका चिनियाँ जनता र पार्टीका कार्यकर्ताहरुले सीको अभियानलाई साथ दिँदै आएको छ ।

त्यसैगरी जनमुक्ति सेनाले पनि सीको अभियानको समर्थन गर्दै आएको छ । महाधिवेशनले राष्ट्रपति सी दोस्रो कार्यकाल पार्टीको महासचिव बनाउने बताइएको छ ।

नेपाली लोभी कम्युनिष्ट नेताहरु ब्यापारमा लाग…

यस्तै कम्युनिष्ट व्यबस्थाको नेपाली परिदृश्यलाई पनि नियालेर हेर्ने हो भने देशको मुख्य समस्या भ्रष्टाचार कै देखिन्छ । नेपालमा देखिएको भ्रष्टाचार स्थानीय सरकारको गठन संगै नयाँ सिराहाबाट उत्खनन भइरहेको छ ।

हिजो सिहंदरवारका केहि सिमित टाउकेहरुले गर्थे भने अहिले सिहदरबार देखि स्थानीय तह सम्म भ्रष्टाचार फैलिएको छ । भ्रष्टाचार नियन्त्रणको मूल कडी भनेको माक्सवादी सिद्दान्त अनुसार कम्युनिष्ट नेताहरु निजि सम्पति नहुनु नै हो ।

तर नेपालका कम्युनिष्ट भनिने नेताहरु संग प्रजातान्त्रिक पार्टीका नेताहरु भन्दा धेरै अकुत सम्पति छ । तिनै कम्युनिष्ट पार्टीका नेताहरु नेपालका ठूलाठूला उद्योग कलकारखाना तथा ब्यबसायहरुमा लगानी छ ।

पाँच तारे होटलका मालिकहरु यिनै कम्युनिष्ट नेताहरु हुन्, ठूलाठूला हस्पिटलका मालिक यिनै कम्युनिष्ट नेताहरु बनेका छन् । यातायात ब्यबसाय देखि ठेक्का पट्टाका मालिक पनि यिनै नेताहरु छन् ।

फलस्वरुप, नेपाली राजनीति र ब्यापार बीच नजिकको साइनो हुनाले हरेक क्षेत्रमा सिण्डिकेटले जरा गाडेर बसेको छ । सिण्डिकेट हट्न वा हटाउन नसक्नुको मुख्य कारण पनि राजनीति र ब्याबसाय एउटै रथका दुई पांग्रा भएर हो ।

त्यसकारण नेपाल बनाउने हो भने सब भन्दा पहिले कम्युनिष्ट नेताहरुको राजनीतिक धरातल व्यापारिक धरातलबाट टाढा राख्नु पर्छ । कित बिसुद्द राजनीति गर कित बिसुद्द ब्यापार गर । यहि बिचको धरातल नछुट्याईए सम्म राजनीतिमा कहिलै सुधार आउने छैन र भ्रष्टाचारको निर्मुलिकरण कहिलै हुनेछैन ।

२८ आश्विन २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको