दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा


असोज २८, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले १४ किमि सुरुङको आरसी (आन्तरिक संरचना ढलान) सकिएको जनाएको छ ।

दैनिक २ सय ५० मिटरका दरले ढलान भइरहेको भन्दै आयोजना प्रमुख सूर्यप्रकाश कँडेलले यही गतिमा काम भए दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा ल्याउन सकिने बताए ।

उनका अनुसार, ३ स्थानमा सुरुङभित्रको हावा बाहिर निकाल्न भेन्टिलेटर निर्माणका लागि जग्गाको मुआब्जा दिने लगायत कानुनी प्रक्रिया पूरा गरिसकिएको छ ।

सिन्धु, शिवपुरी वन्यजन्तु आरक्ष र ग्याल्थुम खण्डमा भेन्टिलेटर निर्माण हुनेछ । आजको कान्तिपुरमा समाचार छापिएको छ ।

२८ आश्विन २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको