भदौ २९ , दैलेख । हिलोमै कमल फुल्छ भने झैं पशुपति मा वि छेपाडिले आफ्नो छुट्टै परिचय बनाएको छ । दैलेख जिल्लाको विकट ठाउँमा रहेता पनि त्यहाँको अगुवा साथै जनताको अथक मिहेनत र परिश्रमबाट आफ्नो छुट्टै अस्तित्व बनाउन सफल विद्यालयका रुपमा चिनाउन सफल भएको छ ।
पशुपति मा वि छेपाडि, यहाँका परिश्रमी शिक्षक शिक्षिका साथै लगनशिल, अनुशासित विद्यार्थीका कारण एसईई परीक्षा २०७४ मा यस आठबिस नगरपालिका वडा नं ९ मा रहेको पशुपति मावि छेपाडिले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।
राष्टिय शिक्षा दिवस २०७५ को अवसरमा न. पा द्वारा आयोजित सम्मान कार्यक्रममा विधालयको प्रगतिको कामना गर्दै सोहि विद्यालयका प्रधानाध्यापक दल बहादर वडुवाललाई नगर प्रमुख खड्गराज उपाध्यायले दोसल्ला साथ सम्मान पत्र प्रधान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस