बिशेष सुबिधासँगै एन्ड्राेइड गाे ग्यालेक्सी जेटु काेर सार्वजनिक


काठमाडौं । सामसुङले पहिलाे एन्ड्राेइड गाे ग्यालेक्सी जेटु काेर सार्वजनिक गरेकाे छ ।

थोरै मुल्यमा सबै खालकाे बिशेषता रहेकाे स्मार्टफाेन खाेज्ने ग्राहकलाई लक्षित गरि बनाईएकाे हाे । जेटु काेरमा परिस्कृत कार्यसम्पादन गर्ने बिशेष गुण रहेकाे छ ।

जसकाे कारण ब्याट्री लामाे समयसम्म टिक्ने र फराकिलो भण्डारण क्षमता रहेकाे सामसुङ ले जनाएको छ।याे फाेन अारियाे लाई लक्षित गरि बनाईएकाे हाे ।

यसमा २६०० एमएएच काे ब्याट्री रहेकाे छ । यसमा अप्टिमाइज डाटा कन्ट्रोल सँगै ४० – ९६० रिजाेलुसन भएकाे एचडी डिस्प्ले रहेकाे छ। याे फाेनमा पछाडिको क्यामेरा ८ मेगापिक्सेल र अगाडिको क्यामेरा ५ मेगापिक्सेलकाे रहेकाे छ।

यसमा १ जिबि र्याम र ८ जिबि राेम रहेकाे छ । नेपालमा यसकाे मूल्य ११ हजार ६ सय ९० रुपैया ताेकिएकाे छ। याे फाेन नेपालमा अगस्ट १० देखि नेपालमा उपलब्ध हुनेछ ।

२९ भाद्र २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको