काठमाडौँ । अहिलेकाे याे सुचना प्रबिधि काे युगमा इन्टरनेट नचलाउने मान्छे कमै मात्रामा हाेलान।
हामीले जुनसुकै ठाउँको गतिविधि थाहा पाउन र विविध काम गर्न इन्टरनेट नै चाहिन्छ। तर इन्टरनेट प्रयाेग गर्दा तपाई इन्टरनेट सुुस्त भएर दिक्क हुनु भएकाे छ यदि छ भने हामी तपाई लाई इन्टरनेट फास्ट गराउने केही टिप्स दिदै छाै।
१ – हामीले इन्टरनेट चलाउन महत्वपूर्ण कुरा अाफ्नाे अावश्यकता अनुसार काे प्याकेज खरिद गर्नु पर्छ। व्यक्तगत प्रयाेगकाे लागि कम गतिकाे भए पनि हुन्छ तर व्यवसायी प्रयाेजनकाे लागि भने कम्तिमा १ एमबिबिएस काे इन्टरनेट गति हुनु पर्दछ ।
२ – अाफुलाई के कामकाे लागि इन्टरनेट चाहिएकाे हाे त्यसै अनुसार प्याकेज छनाेट गर्नु पर्दछ।३६५ केबिपिएस ले स्काइपमा भिडियो च्याट गर्न ग्राहाे हुन्छ।यसकाे लागि कम्तिमा ७६८ केबिपिएस क्षमता चाहिन्छ।
३ – साधारण युटयुब भिडियाेकाे लागि १ एमबिबिएस ले पुग्छ। तर एचडी ( हाई डेफिनेसन ) काे भिडियो हेर्न कम्तीमा ५ एमबिबिएस काे ईन्टरनेट चाहिन्छ।
४ – सस्क्राइब गरेकाे प्याकेज सर्भिस प्राेभाईडरले सम्झाैता गरे अनुसार छ छैन परीक्षण गर्नु पर्छ।परीक्षण गर्न इन्टरनेटमा विभिन्न टुल पाइन्छ। तपाई ले इन्टरनेट स्पिड चेक गर्न डब्लु डब्लु डब्लु डट स्पिड टेस्ट डट नेट गएर चेक गर्न सक्नु हुनेछ।
प्रतिक्रिया दिनुहोस