गृहमन्त्रीको जवाफ- ‘अपराधीहरू छिट्टै कानूनको कठघरमा उभिनेछन्’


भदौ २९, काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या प्रकरणबारे राष्ट्रिय सभा बैंठकमा जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले छानबिन अन्तिम चरणमा पुगेको बताएका छन् ।

बिहीवारको प्रतिनिधिसभा बैंठकमा प्रतिपक्षी नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले जवाफ माग गरेपछि थापाले शुक्रवार जवाफ दिएका हुन् । ‘घटनाको छानबिन करीब–करीब अन्तिम चरणमा पुगेको छ,’ गृहमन्त्री थापाले भने, ‘जनस्तरबाट गम्भीर चिन्ता पैदा भएको छ, दोषीमाथि कठोर कारवाही होस्, न्यायको कठघरामा परुन् र पीडितलाई न्याय मिलोस् भन्ने चिन्तामा गृहमन्त्रीको तर्फबाट सम्मान गर्छु र जिम्मेवारी रुपमा काम गर्न निर्देशन दिइएको छ ।’

गृहमन्त्री थापाले अपराधीहरु छिट्टै कानूनको कठघरमा उभिने बताएका छन् । उच्चस्तरीय छानबिन समितिका एक जना सदस्य उपसचिव विरेन्द्र केसीले राजीनामा दिएको सन्दर्भमा गृहमन्त्री थापाले गृह मन्त्रालयले शान्तिसुरक्षा दिने प्रतिवद्धता जनाएपछि केसी काममा फर्किएको बताए ।

‘उहाँको सुरक्षाका लागि हामीले प्रहरी खटाएका छौं,’ उनले भने । प्रतिपक्षीले संसदमा जवाफ मागेपछि गृहमन्त्रीले आज जवाफ दिएका हुन् ।

२९ भाद्र २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको