भदौ २९, सल्यान । सल्यानकाे शारदा नदिमा बग्दै गरेका बृद्ध ब्यक्तीको पहिचान खुलेको छ ।
गत साउन २८ गते जिल्लाको शारदा नगरपालिका १ श्रीनगरस्थित शारदा नदिमा बग्दै गरेका बृद्धकाे स्थानियले उद्धार गरेर अल्पकालिन सुरक्षित आवास गृह सल्यान राखिएकाे थियाे ।
बोल्न नसक्ने, दायाँ हातको हत्केला नचल्ने लगाएतका समस्या उनीमा भएपछि उनको नाम, घर, आफन्त खोज्न प्रहरी, प्रशासन तथा आवास गृहलाई समस्या भएको थियो ।
आवास गृहमा राखेको झण्डै महिना दिन पुगीसक्दा पनि आफन्त पत्ता नलागेपछि कर्णाली प्रदेश अन्र्तगत सामाजिक बिकास मन्त्रालयको समन्वयमा सुर्खेत स्थित प्रशान्ती बृद्धाश्रममा पठाउने उनलार्इ तयारी गरिएको थियो । तर रुकुमको त्रिबेणी गाउपालिका १ दमाईटोलबाट मिना परियार आएर आवासगृहमा बस्दै आएका उनी आफ्नो ससुरा भएको बताएपछि जिल्ला प्रहरी कार्यालय सल्यानले ती बृद्धलाई मिनाको जिम्मा लगाएको छ ।
मिना परियारले ती बृद्धको नाम पराजित दमाई भएको बताईन् । सल्यान प्रहरी र रुकुम प्रहरीको सहकार्यमा ती बृद्धको आफन्ती पत्ता लागेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख (डिएसपी) बिरेन्द्र बहादुर शाहीले बताए ।
प्रतिक्रिया दिनुहोस