साउन २९, दाङ । दाङमा आज (मंगलबार) बिहानै देखि बन्दको प्रभाव पूर्ण रुपमा परेको छ ।
नेकपा दाङले गरेको बन्दमा यातायातका लामो तथा छोटो दुरीका सवारी साधनहरु चल्न सकेका छैनन् भने उद्योग, कलकारखाना, व्यपार व्यवसाय, शिक्षण संस्थाहरु पनि ठप्प रहेक छन् ।
पार्टीका प्रवक्ता तथा स्थायी कमिटी सदस्य प्रकाण्ड, पिबिएम ओम पुन, केन्द्रीय सदस्य जीवन्त लगायतका गिरफ्तार सबै नेता तथा कार्यकर्ताहरुको रिहाइको माग नेकपा दाङले बन्द गरेको हो ।
केपी–प्रचण्डको सरकारले शान्तिपूर्ण कार्यक्रममा पनि अघोषित प्रतिबन्ध लगाएमा पार्टीले विरोध जनाएको छ । त्यस्तै बन्दमा दाङका मुख्य बजारक्षेत्र तुल्सीपुर, घोराही, लमही र भालुबाङ ठप्प रहेका छन् ।
प्रतिक्रिया दिनुहोस