नेकपाको अाह्वानमा अाज नेपाल बन्द, रोल्पा र बुटवलमा बम बिस्फोट


साउन २९, काठमाण्डाैँ । नेपाल कम्युनिस्ट पार्टीले अाज नेपाल बन्दको आह्वान गरेको छ । पूर्वसन्ध्यामा रोल्पामा बम बिस्फोट भएको छ । को सुलिचौर र बुटवलमा शक्तिशाली बम बिस्फोट भएका छन् ।

सोमबार साँझ बुटवलस्थित भारतीय भूतपूर्व सैनिक क्याम्पमा शक्तिशाली बम बिष्फोट भएको छ । विस्फोटबाट मानवीय क्षति नभएपनि क्याम्पको शौचालयमा क्षति भएको छ ।

इलाका प्रहरी कार्यलय बुटवलका डिएसपी डिलबहादुर मल्लले घटनाको पुष्टि गर्दै शौचालयमा धेरै क्षति भएपनि मानवीय क्षति नभएको बताए ।

डिएसपी मल्लका अनुसार बिष्फोट कसले गराएको हो भन्नेबारे अनुसन्धान भइरहेको बताए ।

त्यसैगरी सोमबार साँझ नै रोल्पाको सुलिचौरमा लगातार दुई वटा बम बिस्फोट भएको स्थानीयले बताएका छन् । सुलिचौरस्थित बजारमा भएको विस्फोटबाट मानवीय क्षति भएको छैन ।

यसैगरी नेकपाले देशभर मशास जुलुस निकालेको छ । पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डको गिरफ्तारीको विरोधमा नेपाल बन्दको आयोजना गरिएको थियो ।

पार्टीका महासचिव विप्लवले विज्ञप्ति जारी गरेर प्रकाण्डको गिरफ्तारीप्रति आपत्ति जनाउँदै नेपाल बन्दसहितका संघर्षका कार्यक्रम घोषणा गरेका थिए ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार सोमबार साँझ देशभर मशाल जुलुस निकालिएको छ । काठमाडौँ उपत्यकासहित देशका सबै जिल्लाहरुमा मशाल जुलुस निकालिएको समाचार आइरहेका छन् ।

बन्दको पूर्वसन्ध्यामा रोल्पाको सुलिचौरमा शक्तिशाली दुईओटा बम विस्फोट भएका छन् । विस्फोटमा मानविय क्षति नभएको बताइएको छ ।
यही साउन २२ गते साँझ काठमाडौँको दक्षिणकालीबाट प्रवक्ता प्रकाण्डसहित तीनजना गिरफ्तार गरेपछि आक्रमक बनेको नेकपाले भोलिको बन्दमा कडाई गर्ने अनुमान गरिएको छ ।

प्रवक्ता प्रकाण्डलाई हिरासतमा राखिएको छ । दुई पटक गरी ७ दिनको म्याद थप गरिएको छ । उनीसँगै गिरफ्तार परेका हरिचन्द्र आचार्य र मनबहादुर श्रेष्ठलाई भने पहिलो पटक पाँच दिन र दोस्रो पटक तीन दिनको म्याद थप गरेको छ ।

यसैबीच सर्वोच्च अदालतले गिरफ्तार गर्नुको कारण देखाउन भन्दै प्रवक्ता प्रकाण्डलाई ४८ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको हो । छोरा नरेन्द्र बिकले गैरकानुनी रुपमा गिरफ्तार गरिएको भन्दै दायर गरेको रिटमाथि बहस गर्दै सर्वोच्च अदालतले सोमबार सो आदेश दिएको हो ।

त्यसैगरी आचार्य, सवारी चालक मनबहादुर श्रेष्ठलाई गैरकानुनी थुनामा राखिएको भन्दै उहाँले गृहमन्त्रालय र मन्त्री, काठमाडौं जिल्ला

अदालत, प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी परिसर तथा त्यसका प्रमुखविरुद्ध अदालतमा निवेदन दर्ता गराइएको छ ।

यसअघि साउन २५ गते देशव्यापी कोणसभा गरेको नेकपाले २६ गते काठमाण्डौका तीन स्थान सहित देशका मुख्य मुख्य शहरहरुमा विरोधसभा र २७ गते भण्डाफोरलगायतका कार्यक्रम गरिसकेको छ ।

२०७५ श्रावण २९,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको