उपराष्ट्रपति पासाङका युद्दसाथी हितमान ‘दिलबहादुर’लाई उद्दार गर्न यसरि लागे साउदीमा


नन्दकिशोर पासाङ अहिले राष्ट्रको सम्मानित ‘उपराष्ट्रपति’ पदमा छन् । युद्दबेला काँधमा काँध थापेर संगै युद्द जित्ने पासाङका युद्दकालका छापामार सहयात्री हितमान बुढा रोल्पा रुकुममा चर्चित नाम हो ।

छापामार दस्तामा ‘हितमान बुढा’ एक कुसल लडाकु थिए । उ बेला पासाङका भरपर्दा र विश्वासिला सहयात्री बने । पासाङलाई उनि बिना युद्द जित्न असम्भव जस्तै लाग्थ्यो ।

युद्द्का धेरै मोर्चाहरुमा नन्द किशोर पासाङको स्ट्रिगर दबाउने दायाँ हात बनेका हिम्मतवाला हितमान बुढा संगै पासाङले थुप्रै युद्धहरु जिते ।

तर आज तिनै पासाङका कुशल लडाकु खाडी देश साउदीमा मजदुरी गर्छन् ।

संगै मजदुरी गर्ने गृहजिल्लाका दिल बहादुर घर्ति साउदीका एक स्थानीयको हत्या आरोपमा जेल परे । साउदी अदालतले ब्लड मनि सजाय सुनायो, दिल बहादुरले ब्लडमनि नतिरे जेलमै सड्नुपर्ने भएपछी हितमान बुढाले सबै भन्दा पहिले दिल बहादुर उद्दार अभियान थालनी गरे । सालिन स्वभावका हितमान बुढाले दिलबहादुर घर्तिलाई रु २५ हजार ५ सय सहयोग घोषणा गरेर साउदीबाटै अभियानमा जुटे ।

हितमानले दिल बहादुर उद्दार गर्न संगै युद्द लडेका रोल्पाली नेताहरुलाई भेटेर गुहार मागे, उद्दार गर्न झक्झक्याए । तर सुनेर पनि नसुने झैँ गरे, कुनै सुनुवाई भएन । हिजो संगै युद्द लडेका रोल्पाली नेताहरु राज्य सत्तामा विराजमान छन्, सिंगो पेरिसडाँडा रोल्पाली नेताहरुले कब्जा जमाएका छन् तिनै नेताहरु दिल बहादुरलाई उद्दार गर्न आनाकानी गरेको देखेर हितमान बुढाको चित्त दुखेको छ ।

दिल बहादुर घर्ति आज साउदी जेलमा ब्लड मनि सजाय पाएर उम्किन नसक्ने अबस्थामा छन, ब्लड मनि तिर्न नसके उनलाई मृत्यु दण्ड दिइनेछ । तर पनि सत्ताको रापतापमा बसेका रोल्पाली नेताहरु दिल बहादुर उद्दार प्रति मौन देखिन्छन ।

मानौ दिल बहादुरलाई मृत्युदण्ड दिए पनि यी नेताहरुलाई फरक पर्नेवाला छैन ।

श्रम बेचेर आफ्नो परिवार पाल्न खाडीमा सरम बेचिरहेका युवाहरुले आफ्नो एक गास कटाएर दिल बहादुरलाई सहयोग अभियानमा जुटी सके तर नागरिकहरुले भोट हालेर सत्तामा पुर्याएका, सभासद बनाएकाहरू एक पैसो सम्म सहयोग गर्न कन्जुस्याई गर्छन । जो तिनै नागरिकहरुका लागि दुखद र विडम्बना हो ।

दिल बहादुरलाई उद्दार गर्नु हाम्रो कर्तब्य हो । अभियान थालौ, कसैले सहयोग नगरे मेरो घरखेत बन्दकी राखेर भए पनि दिल बहादुर लाई लागि रिहाई गरेर नै छाड्छु, भन्ने अठोट बोकेका थिए हितमान बुढा ।

यहि क्रममा रोल्पाका आशा लाग्दा युवा दिपेश पुनले अभियानको नेतृत्व गर्ने कुरा सुनेर हितमान बुढाको मुहारमा खुसि छायो । दिपेश पुनको दिल बहादुर उद्दार अभियानलाई साथ् दिन उक्त अभियानको सदस्य बनेर ब्लड मनि सङ्कलन अभियानमा हातपाउ जोडेर हितमान बुढाले अहिले साउदीमा भिख मागिरहेका छन् । मनकारी मित्रहरु संग सहकार्य गरिरहेका छन् ।

हितमान बुढा भन्छन, सामाजिक सन्जालमा रोल्पाली नेताहरु गालीगलौजमा बदनामी भैरहेका छन्, यसले मेरो मन दुखाउछ । एउटा रोल्पाली साउदीमा ब्लड मनि तिर्न नसके फाँसीको चुलीमा झुन्डिने अबस्थामा छ । मानवीय भावना बोकेको एउटा नेपालीको नाताले हामी टुलुटुलु हेरेर बस्न सक्दनौ ।

यसअघि पनि यस्तै ब्लड मनि सजाय पाएका कैयौ दिल बहादुरहरु उद्दार गरिसकेका छौ, अझै पनि यस्तै दिल बहादुरहरुलाई उद्दार गर्न हातेमालो गर्दैछौ, उनले भने ।

तर आफ्ना नागरिकहरु स्वदेश मै रोजगार नपाएर अर्काको देशमा यसरी फाँसीको चुलीमा चढी रहदा हाम्रो देशको सिहदरबारले नैतिकता भुलेर कतिन्जेल यसरी टुलुटुलु हेर्छ ? त्यो पनि नागरिकहरुले नजिकबाट नियाली रहेका छन्। यसको परिणाम नसोचेको नआउला भन्न सकिदैन ।

हितमानको नजरमा उपराष्ट्रपति पुत्र दिपेश पुन एक सामाजिक अभियन्ता हुन् । उनले धेरै पटक सामाजिक अभियान मार्फत मानवीय उद्दार गरेका छन् । अहिले रोल्पाका दिल बहादुर घर्ति र गोर्खाका कुमार रानालाई साउदीको जेलबाट उद्दार गर्न मूल समितिको नेतृत्व दिपेश पुनले गरेका छन । यसले पिडित परिवारलाई केहि राहतको महसुस भएको छ । दिल बहादुर उद्दार गर्न जुटेकाहरुलाई पनि सहज भएको छ ।

यता रोजगारको शिलशिलामा विश्वभर छरिएर रहेका रोल्पालीहरुको एउटा छाता संगठन अन्तर्राष्ट्रिय रोल्पाली एकता मंच पनि भर्खरै गठन भएको छ । उक्त साझा संगठनको पहलमा बिभिन्न देशमा दिल बहादुर उद्दार अभियान थालिएको छ । उक्त अभियानको एक कुसल अभियान्ताको रुपमा पनि हितमान बुढा रहेका छन् ।

रोजगार पनि नदिने रोजगारमा बाहिर जाने नागरिकहरुको सुरक्षा पनि गर्न नसक्ने हाम्रो देशको राज्य व्यवस्थाको विकल्प खोज्दै प्रवासबाट युवाहरु विभिन्न संगठनको नाममा संगठित भएका छन्, यो उनीहरुको बाध्यता हो । सायद, उनीहरु संगठित हुँदैनथे भने, धेरै नेपालीहरु विदेशको जेलमा झुण्डी सक्थे ।

यस्तै रोल्पालीहरुको अन्तर्राष्ट्रिय रोल्पाली एकता मंचमा आबद्द रहेर रोजगारका लागि विदेश पसेका कैयौ दिल बहादुरलाई उद्दार गर्न अभियानरत हुने प्रतिज्ञा लिएका हितमान रोकाले अझै कसम खाएका छन्, ‘दिपेस पुन र अन्तर्राष्ट्रिय रोल्पाली एकता मंच लगायत अन्य संघ सँस्थाहरुले चलाएको दिल बहादुर उद्दार अभियान असफल भयो भनेपनि मेरो भएको श्री-सम्पतिको सम्पुर्ण लाल पुर्जा प्रबासबाट नै विश्व श्रमिक मन्चमा लिलामी घोषणा गरेर दिल बहादुर घर्तीलाई साउदीबाट रिहाई गराउने छु ।’

उनको यो अभिव्यक्तिले हाम्रो देशको राज्य ब्यबस्था र त्यस ब्यबस्था भित्रका हामी नागरिकहरुको अबस्थाले भोगेको जीवन्तलाई उजागर गरेको छ ।

हाल सामान्य जिबन शैलीमा संघर्ष गरिरहेका हितमान बुढा सामाजिक सेवाको हिस्सेदार बनेका छन् । उनको अभियानलाई साथ् र सहयोग दिउ र नेपाली मानवीय भावनालाई जगाई राखौ । हितमानको सम्पर्क नम्बर ०५३७११२३६५ (साउदी) ।

(प्रस्तुति केबी गुरुङ)

३१ बैशाख २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको