राष्ट्रपति कार्यालयमा फोटो खिच्दै गर्दा फोटो पत्रकार शाह पक्राउ


मङ्सिर २७, काठमाडौँ । देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहलाई समाचार संकलनका क्रममा राष्ट्रपति कार्यालय शितल निवास पुगेको बेला बिहीबार अपराह्न प्रहरीले पक्राउ गरेको छ।

प्रेस पास झुण्ड्याएर तस्बिर खिचिरहेको बेला शाहलाई प्रहरीले नियन्त्रणमा लिएको हो। सर्वसाधारणसँग एक–एक रुपैयाँ उठाएर राष्ट्रपतिलाई प्रतीकात्मक रुपमा गाडी पुर्‍याउन पुगेको समूहको फोटो खिच्दै गर्दा उनलाई नियन्त्रणमा लिइएको हो।

शाहलाई पक्राउ गरेर महाराजगञ्ज प्रहरीको हिरासतमा राखिएको छ।

२७ मंसिर २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको