प्रेस काउन्सिल नेपाल र श्रीलंकन तथा म्यान्मार काउन्सिलबीच अन्तरक्रिया सम्पन्न


मङ्सिर २७, काठमाण्डौँ । प्रेस काउन्सिल नेपाल र श्रीलंकन तथा म्यान्मार प्रेस काउन्सिलबीच अन्तरक्रिया तथा छलफल सम्पन्न भएको छ । काउन्सिलको शभाहलमा भएको उक्त कार्यक्रममा म्यान्मार प्रेस काउन्सिलका अध्यक्ष ओहान क्यानिंग (Ohn Kyaing), श्रीलंकन (Bandulak.W), प्रेस काउन्सिलका अध्यक्ष बन्दुला के. डब्ल्यु र विश्व प्रेस काउन्सिलका प्रथम उपाध्यक्ष समेत रहनुभएका प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य लगाएतको शहभागिता रहेको थियो ।

सो अवसरमा अध्यक्ष श्रेष्ठले सञ्चारमाध्यममले गलत समाचार लेख्नु भनेको प्वाइजनसरह हुने बताउनुभयो । काउन्सिलले अनलाइन, पत्रपत्रिका, रेडियो तथा टेलिभिजनको आर्काइभ स्टिम मार्फत निरन्तर अनुगमन गरेको बताउँदै गलत समाचार लेख्नेलाई कारवाही गर्ने गरेको बताए ।

म्यान्मार प्रेस काउन्सिलका अध्यक्ष क्यानिंगले म्यान्मारको प्रेस काउन्सिल ६ बर्षमा प्रवेस गरेको र अझै सिक्न धेरै बाँकी रहेको बताए । उनले आफ्नो देश प्रजातन्तको अभ्यासको चरणमा रहेकाले नेपालको जति प्रेस स्वतन्त्रता नभएको बताउनुभयो । श्रीलंकन प्रेस काउन्सिलका अध्यक्ष के. डब्ल्युले निवार्चनको बेलामा नेपालको मिडियाले अनुगमन गर्न पाउने राम्रो ब्यवस्था भएता पनि आफ्नो देशमा नभएको बताए ।

उनले नेपालमा प्रेस र सरकारबीच निकै सुमधुर सम्बन्ध भएकाले धेरै अधिकार प्राप्त गर्न सकेको बताए । बुद्ध जन्मेको देशमा पत्रकारिताको विकास मार्फत नै धेरै पर्यटक भित्राउन सकिने धारणा राख्नुभयो । अध्यक्ष के.डब्ल्युले नेपालको काउन्सिलबारे आफुले पाएको जानकारी अरु देशमा पनि फैलाउने र त्यसैको लागि आफुले लेख लेख्ने बताउनुभयो । कार्यक्रममा उप–प्रशासकीय अधिकृत रामशरण बोहराले प्रेस काउन्सिल नेपालको बारेमा संक्षिप्त विवरण प्रस्तुत गनुृभएको थियो ।

अन्तरक्रियामा भ्रमणदलको टोलीलाई अध्यक्ष श्रष्ठले मायाको चिनो नेपाली हस्तकलाका सामग्री गैंडा प्रदान गरेका छन् । टोलिले पोखरा, लुम्बिनि, चितवन राष्ट्रिय निकुञ्ज लगायत स्थानको भ्रमण गर्नेछ ।

यसअगि उक्त टोलिले आजै सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटासँग भेट गरेको थियो । सो भेटको क्रममा मन्त्री बास्कोटाले नेपाल भ्रमणमा रहेको टोलीलाई स्वागत गर्दै दुवै देश नेपालका निकट मित्र रहेको नेपालको सम्बन्ध विस्तार भएको करिब ६० बर्ष पुगिसकेको र सम्बन्ध थप विस्तार हुदै गएको बताउनु भएको थियो ।

दुवै देश उपनिवेशको चरणबाट गुज्रिएर प्रजातान्त्रिक अभ्यास गरिरहेको र नेपाल समेत प्रजातान्त्रिक स्वतन्त्रताको अभ्यास भएकोले हामि सबै मिलेर समृद्व र सुखको लागि काम गर्नुपर्ने बताउनुभयो । दुवै देशमा बौद्धधर्मावलम्बिको बाहुल्यता रहेको र बुद्धको जन्म नेपालमा भएको हुदाँ सांस्कृतिक तथा भावनात्मक रुपले समेत जोडिएका भन्दै नेपालमा पत्रकारिताको माध्यमबाट पर्यटन प्रवद्धर्न गर्न सकिने बताउनुभयो ।

दुवै देशबाट नेपालमा र नेपालबाट समेत ती देशहरुमा उच्च स्थरिय भ्रमणहरु हुने गरेको उल्लेख गर्दै श्रीलंका चिकित्सक सहितको टोलिले भुकम्पको बेलामा नेपाल आएर काम गरेको र आफु समेत सो टोलीमा शहभागि भई काम गरेको स्मरण गर्दै सहयोग सुखःदुखमा नागरिक स्तरमा समेत रहेको बताउनुभयो । म्यानमार प्रेस काउन्सिल सँग पत्रकारिताका अनुभव आदान–प्रदान गर्दै सहमतिमा प्रेस काउन्सिलसँग हुने समज्दारिले थप सम्बन्ध बढ्ने भन्दै उदेश्य प्राप्त गर्न सकोस भन्ने शुभकामना समेत दिनुभएको थियो ।

भेटमा श्रीलंकन प्रेस काउन्सिलका अध्यक्ष के. डब्ल्युले बुद्ध जन्मस्थलको भ्रमण गर्न पाउँदा खुशी लागेको बताउँदै सास्कृतिक सञ्चारमार्फत बुद्धधर्माबलम्बीहरु लुम्बिनी आउने वातावरण बनाई पत्रकारिता मार्फत पर्यटन प्रवर्धन गर्न सकिनेमा जोड दिनुभयो।

म्यानमारका प्रतिनिधिले आफ्नो देशका नेता हालै नेपाल भ्रमण गरी फर्केको र आफुहरु भ्रमणमा रहेकाले दुई देशको सम्बन्ध राम्रो बनेको बताएका थिए । उनिहरुले प्रेस काउन्सिल नेपालसँग समन्वय र समजदारी गरेर अघि बढ्ने प्रतिजद्धता जनाएका थिए ।

२७ मंसिर २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको