‘युनियन पे’काे भुक्तानी सेवा नेपालबाटै हुने


मंसिर, २७ काठमाडौ । युनियन पे काे भुक्तानी सेवा नेपालबाट हुने भएको छ । नेपाली कम्पनि क्युपे प्राईभेट लिमिटेड (क्युपे) र युनियन पे इन्टरनेसनल सँगकाे सहकार्यमा क्युपे र युनियन पे क्युअार काेड नेटवर्क भित्र सहजै काराेबार गर्ने व्यवस्था गरेकाे हाे।

यसै अनुसार क्युपेले युनियन पे का पेमेन्ट प्रडक्टहरु नेपाली बजारमा लन्च गर्ने भएकाे हाे । क्युपे प्राइभेट लिमिटेडले यसअघि नै क्युपे नामक क्युअार काेडमा अाधारिता माेबायल एप सञ्चालनमा ल्याएकाे थियाे। याे नयाँ प्रविधि “कटिङ एज टेक्नोलोजी” मा अाधारित रहेकाे कम्पनीले जनाएको छ।

यसबाट क्युपेका उपभोक्ताले विभसन्न उत्पादन र सेवाहरुकाे भुक्तानी भरपर्दा र सजिलाे हुने क्युपेकाे दाबि छ । क्युपेका प्रयाेगकर्ताले नविल र सिद्धार्थ बैंकका साथै युनियन पे’काे सदस्य क्युअार मर्चेन्टमा अाबद्द मर्चेन्ट कहाँ उपलब्ध उत्पादन सेवाकाे काराेबार अनलाइन बाटै राम्रो बनाउने क्युपे ले जनाएको छ।

क्युपे र युनियन पे क्युअार काेड नेटवर्क बिचकाे ‘इन्टर अाेपेराविलिटि’ले चिनियाँ पर्यटक तथा युनियन पे’का कार्ड बाहकहरुलाई अाफनै माेबायल वालेटमा क्युपे क्युअार मर्चेन्ट नेटवर्कमा भएका उत्पादन र सेवाकाे सजिलै भुक्तानी काे माैका दिने जनाएको छ ।

याे सहकार्यले नेपालमा भुक्तानी काे डिजिटल माध्यमकाे विकासलाई प्रेरित गर्नुका साथै विकासमा याेगदान दिने अपेक्षा रहेकाे क्युपेले जनाएको छ। युपिअाई चाइना युनियन पे’काे सहायक कम्पनि हाे। चिनबाहिर विश्वका २ हजार संस्थासँग साझेदार गरेकाे युपिअाई ले १७१ देश र क्षेत्रमा युनियन पे’कार्ड चल्ने बनाएकाे जनाएको छ। कम्पनिले ५० देश र क्षेत्रमा ५० कार्ड जारी गरेकाे छ।

२७ मंसिर २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको