प्रधानमन्त्री ओलीको पानीजहाज चढ्न अब १८ दिन मात्र बाँकी [यात्रा नेपाल टु कलकत्ता]


मङ्सिर २७, काठमाडौं । वर्तमान प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले बाचा गरेको ‘नेपाल देखि पानीजहाज चढेर कलकत्ता’ जाने दिन आउन अब मात्र १८ दिन बाँकी रहेको छ ।

जननेता मदन भण्डारीको ६७ अौँ जन्मजयन्तीका अवसरमा २०७५ असार १४ गते बिहीबार आयोजित कार्यक्रममा उनले रेल आउनबाट कसैले रोक्न नसक्ने भन्दै (दिन नै तोकेर) आगामी पुस १६ गते पानीजहाज चढेर कलकत्ता जान सकिने बताएका थिए ।

कार्यक्रममा सम्बोधन गर्नेक्रममा प्रधानमन्त्री ओलीले भनेका थिए ‘नेपालको पानीजहाजलाई कलकत्तामा स्वागत गर्ने छन’ ।

सप्तरीको हनुमाननगरदेखि भारतको कलकत्तासम्म पानीजहाज चलाउने सरकारको तयारी रहेको उनले खुलाएका थिए । हिजो विरोध गर्नेको स्वर रेकर्डेड रहेको भन्दै उनले कागजका डुंगा चलाउनेले त्यसपछि के गर्छन् भन्दै प्रश्न समेत गरेका थिए ।

रेल आउनबाट कसैले रोक्न नसक्ने भन्दै विमानस्थल, बाटाघाटालगायत सबै पूर्वाधार अपडेट गरिने बताएका थिए । त्यहि पानीजहाज आउन बाचा गरेको दिन ‘पुस १६’ गते आउन अब १८ दिन मात्र बाँकि रहेको छ ।

जनतालाई हजार सपना बाँड्ने तर सिन्को पनि नभाँच्ने नेपाली नेताहरुको बोली देखि वाक्कदिक्क भएका नागरिकहरुले अब एक-एक बोलीको हिसाव राख्न थालेका छन् । प्रधानमन्त्री ओलीको नयाँ युगको सुरुवात चर्चा सेलाउन नपाउदै पुस १६ गते कलकत्ता पुग्ने रेल बिषयलाई लिएर सामाजिक संजालमा ओली प्रति फेरी टिप्पणी सुरु भएको छ ।

२०७५ मंसिर २७,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको