दाङमा जन्ती चढेको जीप दुर्घटना, बेहुलाका आमा-बुवासहित ६ को मृत्यु


मंसिर २७, दाङ । दाङ स्थित लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक स्कारपियो र बस ठोक्किदा ६ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।

चितवन गितानगरबाट बाँकेको सम्मेरगञ्ज फर्कदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो र महेन्द्रनगर बाट काठमाडौं जादै गरेको ना ५ ख ४०९० नम्बरको वस ठोक्किएर दुर्घटना भएको हो ।

स्कारपियोमा सवार ८ जना मध्य ६ जनाको मृत्यु भएको छ । २ जना घाइतेको कोहलपुर उपचार भैरहेको छ । मृत्युु हुनेमा दुलाहाका बुवा आमा र आफन्त छन् ।

दुलाहाको बुवा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ निवासी ५३ बर्षिय मानबहादुर केसी, ४५ बर्षिय आमा विमला खत्री, ४९ बर्षिय बिश्वनाथ अधिकारी, ५ बर्षिय प्रविण केसी, ३१ बर्षिय दिपककुमार खड्का, कोहलपुर नगरपालिका १२ निवासी ७८ बर्षिय दत्तबहादुर खत्रीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ ।

दुर्घटनामा ४५ बर्षिय गितादेवि खत्री र चालक २१ बर्षिय यमबहादुर मगर घाइते छन् । दुलहि लिएर अर्को स्कारपियोमा दुलहा थिए । बुव-आमा र आफन्न चढेको स्कारपियो दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

२०७५ मंसिर २७,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको