विप्लव नेकपाको साउदी मोर्चाले आफ्नो अराजक सदस्यहरुलाई यसरि गर्यो कारबाही


असोज २७, साउदी । नेपाली जनप्रगतिशील मोर्चा साउदीले आफ्ना केन्द्रीय कोषाध्यक्ष गोपीराम जैसीलाई निष्कासन गरि कारबाही गरेको छ । मोर्चाको आर्थिक हिसाव कितावमा अपारदर्शीता र सांगठनिक अराजकता देखिए पछी कारबाही गरेको मोर्चाले जनाएको छ ।

मोर्चाको निर्णय, बिधि बिधान बिपरित चलेको र बैठकमा पनि उपस्थित नहुने भन्दै एक बर्ष सम्मलाई कारबाही गरेको मोर्चाको बिज्ञप्ति उल्लेख छ ।

त्यसैगरि अनाधिकृत बर्गसंग हिमचिम भएको र मोर्चाको गोपनीयताको खिल्ली उडाउने गतिविधिमा लागेको आरोप समेत मोर्चाले लगाएको छ । यसरि सांगठनिक उलंघन गर्ने गोपीराम जैसीलाई साथ् दिने अर्का केन्द्रिय सदस्य जितेन्द्र बर्देवालाई पनि मोर्चाबाट निष्कासन गरेको जनाएको छ ।
मोर्चाले जारि गरेको प्रेस बिज्ञप्तिमा महासचिव टिकाराम वली ‘सुरेश’ र अध्यक्ष भानु प्रदेशीले हस्ताक्षर गरेका छन् ।

हेर्नुहोस बिज्ञप्ति 

२७ आश्विन २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस