असोज २७, काठमाडौं । छिमेकी देश भारतको बलिउडलाई हेर्ने हो भने फिल्म हिरो, अमिर खान, सलमान खान, सारुख खानहरुको फिल्मले ब्रेक दिएका छन् । उनीहरुले समाबेश फिल्महरुले अत्याधिक रुचाउनेमा बक्स अफिसमा नयाँ रेकर्डहरु दर्ज गरेका छन् । बलिउड फिल्म जगत तिनै हिरोहरुको दबदबाहमा सुपरहिट भएका छन् ।
तर कलिउड फिल्म जगतमा पछिल्लो समय फिल्म हिरोहरु सुपर फ्लप भएका छन् भने हाँस्य कलाकारहरुको दबदबाहमा फिल्म बक्स अफिसमा सुपर हिट भएका छन् ।
कलिउड फिल्म नगरीमा अहिले सम्मकै सर्बाधिक चर्चा र धेरै कमाउने फिल्म छक्का पन्जाको रेकर्ड छ । छक्का पन्जा ३ दशैँ फूलपातीको अवसरमा रिलिज भएको छ । छक्का पन्जा ३ को ओपनिंगमै दर्शकको धमाकादार सहभागिता भएको छ ।
फिल्म रिलिजको पहिलो दिनको दर्शक सहभागीको आंकलनलाई हेर्ने हो भने छक्का पन्जा १ भन्दा सफलता मिल्ने सम्भावना भेटिएको छ ।
दर्शकहरुको फिटब्याकलाई हेर्ने हो भने छक्का पन्जा फिल्म मध्य कै सबै भन्दा उत्कृष्ट र रुचाईएको छ । अर्थात पहिलो र दोश्रो भन्दा उत्कृष्ट रहेको दर्शकको रेस्पोन्स छ ।
दिपाश्री निरौलाले निर्देशन गरेको यो चलचित्रमा दिपा र दीपकको लगानी छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रले कमेडी कथामा सामाजिक सन्देश बोकेको छ, फोहोरी राजनीतिक खेललाई व्यंग प्रहार गरेको छ ।
हेर्नुहोस भिडियो
प्रतिक्रिया दिनुहोस