असोज २७, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडाैंले टिपर सञ्चालनमा नयाँ नियम लागू गरेको छ ।
प्रशासनले शनिबारदेखि आगामी कात्तिक ५ गतेसम्मको लागि पिक आवरमा बाहेक अरु समयमा ३५ किलोमिटर प्रतिघण्टा नबढ्ने गरी चलाउन पाइने नियम ल्याएको हो ।
नियमअनुसार बिहान ९ देखि ११: ३० बजेसम्म र दिउँसो ५ बजेदेखि साँझ ७ बजेसम्म बाहेक अरु समय टिपर चलाउन पाइने छ ।
अत्यावश्यक निर्माण सामाग्री ढुवानीमा परेको समस्यालाई मध्यनगर गर्दै दशैंको अवसरमा प्रशासनले यो नियम ल्याएको हो ।
यसैबीच ट्राफिक प्रहरीले सावधानी र सुरक्षित पुर्वक टिफर संचालन गर्न अनुरोध गरेको छ । टिपर दुर्घटना बढेसँगै यसअघि प्रशासनले रातको समयमा मात्रै टिपर चलाउने अनुमति दिएको थियो ।
प्रतिक्रिया दिनुहोस