बैंक खालि: नयाँ नोट फुटपाथमा १० प्रतिशत कमिसनमा बिक्री


असोज २७, काठमाडौं । कमिशनमा चलेको देशमा सिस्टम र प्रणालीलाई राज्य संचालकहरुले बेचेर खाँदा नेपालीहरुले कुकर्म भोगिरहनु परेको छ । यस्तो लाग्छ नेपालमा कमिशन घुसखोरीमा अदृश्य त्यो अमृत पनि भेटिने छ ।

नेपालीहरुको पर्व दशैँ र तिहार भित्रिएको छ । पर्वका लागि चाहिने नयाँ फुटकर नोट बैंकमा पाइदैन तर फुटपाथमा जताततै पाइन्छन ।

शुक्रबार देखिएका यी दृष्य केहि अनलाइन मिडियाहरुले कैद गरेका थिए । अब त हुँदा हुँदा पैसा माथि पैसाको कमिसन भेटियो । नेपाल राष्ट्र बैंकले सर्बसाधारणलाई बाँड्न नयाँ नोट बैकहरुलाई पठायो, तर बैंकमा यी नयाँ नोटहरु भेटिदैनन ।

निश्चित सिमा तोकेरमा मात्र नयाँ नोट बैकहरुमा पठाईयो । तर यस्तो समस्या देखियो की बैकहरुमा नयाँ नोट लिन जाँदा कतै छैन भनियो त कतै निक्कै लामो समय लगाईदिने झन्जट दिएर ठूलो लाईन बनाईदिने अवस्था देखियो ।

तर काठमाडौका अधिकांश फुटपाथमा हेर्दा त्यहाँ कुनै बस्तु तथा सामान बिक्रि गरे जसरी नै नयाँ नोट खरिद बिक्रि भइरहेको थियो । त्योपनि १० प्रतिशत कमिसनमा ।

यसरी जमलको फुटपाथमा देखिएका तस्विर हुन् । तपाईले प्रष्ट देख्न सक्नुहुन्छ । यहाँ १० प्रतिशत कमिसन दिएर जनता नयाँ नोट लिन तयार थिए । बैकमा अभाव नहुँदो हो त या सहज लिन पाईने अवस्था थियो त यो फुटपाथमा नयाँ नोट लिनेको भिड किन लाग्थ्यो ।

हे सरकार यो कमिसन खोरी, घुसखोकी कहिले अन्त्य हुन्छ । हेर्दा सामान्य लाग्छ । तर यही हो यो देश बर्वाद गर्ने क्यान्सर भन्दा घातक रोग । जहाँ देश समृद्धको कुरा गर्छौ तर कमिशन खोरले देश उदाङ्गो पारिरहेका छन् ।

तस्बिर: इनेपालीन्युज इन्फो बाट 

२७ आश्विन २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको