नेपाली जनप्रगतिशिल मोर्चा युएईले थप तिन जनाको उद्धार


नेपाली जनप्रगतिशिल मोर्चा युएईको पहलमा थप तिन जना नेपालीहरुको उद्धार गरेको छ । गएको मङ्गलवार मात्रै पोखराका तीन युवाहरुलाई नेपाल पठाउन सफल भएको थियो ।
केही समय पहिले मोरङ उर्लाबारीका ९ शान्ती टोलका अम्बिका राजबन्सिलाई पनि नेपाल दुतावास युएई र मोर्चाको पहलमा नेपाल पठाइएको छ । ९ महिना पहिले दलालले भारतको दिल्ली र बनारस हुँदै युएई पुर्याइएका राजनन्सी युएईमा घरायसी कामदारको रुपमा काम गर्न थालेका थिए ।

घर मालिकले यातना दिने भएको हुनाले आफुलाई नेपाल पठाइदिन भनेर युएई मोर्चालाई अनुरोध गरेपछि मोर्चाका उद्धार समितिका संयोजक कमल पोख्रेलको टिमले अम्बिकालाई रातीको १:३० बजे दुतावासको सेल्टरमा पुर्याएको थियो । दुतावासको सेल्टरमा बस्दै आएका अम्बिका प्रकृया पूरा भएपछि बुधवार नेपाल फर्किसकेको मोर्चाका उपाध्यक्ष कमल पोख्रेलले पोष्टपाटीलाई बताए ।

त्यस्तै एक बर्ष अगाडि फिश लोडेर इम्प्लाईमेन्ट सर्भिस प्रा. ली. मेनपावरबाट युएई आएका खोटाङका पेसल सारु मगर र पाँचथर माइत जबेगुलाई पनि सकुशल नेपाल पठाउन सफल भएको छ ।

२८ भाद्र २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको