रुकुम पूर्ब पेल्माका शिक्षक मखन कुमार केसि बेपत्ता


रुकुम पुर्व जिल्ला पुथाउत्तरगङ्गा गाउँपालीका वडा. न. २ पेल्माको श्री आधारभूत बिद्यालयमा बिगत १८ बर्ष देखि अध्यापन गराउदै आएका मखन कुमार के. सि. बेपत्ता भएको खबर छ । रुकुमकोट निबासी शिक्षक मखन कुमार के. सी. गएको सातादेखि पेल्मा स्कुलबाट हराएको हुँदा उनको निरन्तर खोजी कार्य भईरहेको स्थानीय बुद्धिजीवी दुधसिङ बुढाले बताए ।

भदौ १० गतेसम्म स्कुलमा हाजिर भएको देखिन्छ । बेपत्ता हुनु दस दिन अघि केही युवाहरुसङ्ग झगडा परेको थियो । युवाहरुको कुटपिटबाट उनी सख्त घाइते भएको स्थानिय बताउँछन् ।

२०७५ भाद्र १२ गते देखि बेपत्ता भएका के. सि. को अबस्था सार्वजनिक गर्न रुकुमका वकिल लीलामणि गौतमले कि सास देउ कि लास देउ भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गरेका छन् । उनले मरनासन्न हुनेगरी कुटपिटमा संलग्न ब्यक्तिहरुलाई समेत कारबाहीको माग गरेका छन् । कुटपिटमा संलग्न रुकुम पूर्व तकसेरा घर भएका एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

२८ भाद्र २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको