भदाै २८, सल्यान । सल्यानमा फरार सुचिमा रहेका एक व्यक्ती २३ बर्षपछि पक्राउ परेका छन् ।
२०५२ साल देखि फरार सुचिमा रहेका शारदा नगरपालिका १२ स्यानीखालका ढाल बहादुर चलाउनेलार्इ प्रहरी पक्राउ गरेको हो । सल्यान जिल्ला अदालतको ५२ साल मंसिर ६ गतेको फैसला र पुनराबेदन अदालत तुल्सीपुर दाङको ५५ जेठ ५ गतेकाे को फैसला बमोजिम स्थानिय थुम बहादुर बिष्टलाई कुटपिट मुद्दामा १ बर्ष १५ दिन कैद र रु. ५ हजार २ सय ५० जरिवाना तोकिएको थियो ।
उनलाइ भदाै २५ गते पक्राउ गरी फैसला कार्यान्वयनका लागी जिल्ला अदालत सल्यानमा बुझाईएको र अदालतबाट बिष्टलाई १ बर्ष १५ दिन कैद र रु.५ हजार २५० जरिवाना बेरुजु भुक्तानीको लागी कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस