भदौ २८ काठमाडौं । साफ च्याम्पियनसिपमा सहभागिता जनाउँदै नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार स्वदेश फर्किएको छ ।
बुधबार भएको सेमिफाइनलमा माल्दिभ्ससँग ३-० ले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो । नेपालले समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग २-१ को हार बेहोर्दै खराब सुरुवात गरेको थियो ।
त्यसपछिको खेलमा भुटानलाई ४-० र अायोजक बंगलादेशलाई २-० ले पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो । अर्को समूहबाट माल्दिभ्स समूह उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो ।
हालसम्म ४ पटक सेमिफाइनल पुगेको नेपालले फाइनल यात्रा भने तय गर्न सकेको छैन । यसअघि सन् २०१३ मा नेपाल घरेलु मैदानमा अफगानिस्तानसँग पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस