रोल्पामा जीप दुर्घटना हुँदा ४ बर्षीया बालिकाको मृत्यु, एकको अवस्था गम्भीर


साउन २८, रोल्पा । रोल्पामा भएको जीप दुर्घटनामा परि ४ बर्षीया बालिकाको मृत्यु भएको छ ।

रोल्पाको रुन्टीगढी गाउँपालिका–१, दिसुन्धारामा जीप दुर्घटना हुँदा रुन्टीगढी गाउँपालिका ९ सखीका ४ बर्षीया रितु कार्कीको निधन भएको हो ।

अर्का एक जना गम्भीर घाईते भएका छन् । घाइतेको स्थानिय मेडिकल होलेरीमा उपचार भईरहेको प्रहरीले जनाएको छ । रुन्टीगढी–१, लिबाङीआपबाट होलेरी जाँदै गरेको लु १ त ९४९३ नम्बरको यात्रुवाहक जीप सोमबार बिहान दुर्घटनामा परेको थियो ।

क्षमता भन्दाबढि यात्रु बोकेकाले जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । गाडीमा अन्य १८ जना सवार थिए । उनीहरुको अबस्था भने सामान्य रहेको छ ।

बर्षातको समयमा बाटो चिप्लो भएकै कारण दुर्घटना भएको बताईएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

२८ श्रावण २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको