साउन २८, काठमाण्डाैँ । नेपाल कम्युनिष्ट पार्टीले आज (सोमवार) देशभर मसाल जुलुश निकाल्ने तयारी गरेको छ । पार्टीका प्रवक्ता प्रकाण्ड सहितका नेता कार्यकर्ता गिरफ्तार गरेको बिरोधमा मसाल जुलुश निकाल्न लागेको हो ।
पूर्व घोषित कार्यक्रम अनुसार आज मसाल जुलुश निकाल्ने र भोली साउन २९ गते १ दिनका लागि नेपाल बन्दको आह्वान समेत गरेको छ । गएको मंगलबार काठमाडौँको दक्षिणकालीबाट ‘प्रकाण्ड’सहित तीनजना पक्राउ परेको विरोधमा नेकपाले नेपाल बन्द सहितका संघर्षका कार्यक्रम घोषणा गरेको थियो ।
उनीहरु सहित यस अघि पक्राउ परेका सबैको विनाशर्त रिहाको माग गर्दै बन्दको पूर्व सन्ध्यामा आज मसाल जुलुश निकाल्न लागेको सो पार्टीले जनाएको छ । यही साउन २२ गते साँझ पार्टी कामको शिलाशिलामा हेटौंडाबाट काठमाडौं आउने क्रममा गिरफ्तार परेका प्रकाण्डलाई काठमाडौं जिल्ला अदालतले आइतबार दोस्रो पटक थप २ दिन म्याद थप गरेको छ ।
टेकु हिरासतमा राखिएका प्रकाण्डलाई गिरफ्तार लगत्तै मानसिक यातना दिएको र उनका सहयोगि हरिचन्द आचार्य सहितका केहि केन्द्रिय नेताहरुलाई सारिरिक र मानसिक यातना दिएको भन्दै नेकपाको यस पटकको नेपाल बन्द कडा हुने बुझिएको छ ।
उता आफ्ना बुबालाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै छोरा नरेन्द्रबहादुर सिंह विश्वकर्माले हिजो नै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।
प्रकाण्ड सहित सहयोगी हरिचन्द्र आचार्य, सवारी चालक मनबहादुर श्रेष्ठलाई गैरकानुनी थुनामा राखिएको भन्दै उनले गृहमन्त्रालय र मन्त्री, काठमाडौं जिल्ला अदालत, प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी परिसर तथा त्यसका प्रमुख विरुद्ध अदालतमा निवेदन दर्ता गराएका हुन् ।
प्रहरीले आफ्ना बुबालाई पक्राउ गरेपछि औषधिसमेत सेवन गर्न नदिएको, हातमा हत्कडी लगाएर निकृष्ट व्यवहार गरिएको र आँखामा पट्टी बाँधी शारीरिक तथा मानसिक यातना दिएको निवेदनमा दाबी गरिएको छ ।
यसअघि साउन २५ गते देशव्यापी कोणसभा गरेको नेकपाले २६ गते काठमाण्डौका तीन स्थान सहित देशका मुख्य मुख्य शहरहरुमा विरोधसभा र २७ गते भण्डाफोर लगायतका कार्यक्रम गरिसकेको छ । नेकपाका महासचिव विप्लवले यसअघि नै साउन २३ गते नै विज्ञप्ती जारि गरेर चरणबद्ध अान्दाेलनका कार्यक्रम घाेषना गरेका थिए ।
प्रतिक्रिया दिनुहोस