रियल मद्रिड फेरी हार्यो :ला-लिगा जित्ने सपना लगभग समाप्त


स्पेनिस ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन रियल मद्रिड पराजित भएको छ । लिगको १८औं खेलमा रियल पाहुना टोली भिल्लारियलसँग १–० ले स्तब्ध भएको हो । यस संगै रियल मद्रिडलाई गम्भीर धक्का लागेको छ ।

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड र भिल्लारियलबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको अन्तिम समय ८७ मिनेटमा भिल्ला रियलले गोल गरेको थियो । भिल्ला रियलका फोर्नाल्सले गोल गरे पछी मद्रिड आफ्नै घरमा स्तब्ध भएको थियो ।

पहिलो हाफमा तुलानात्मक रूपमा रियल हाबी रह्यो र रियलका लागि रोनाल्डोले तीनपटकको प्रहराले जाली चुम्न सकेन । त्यस्तै, मार्सेलोको एक कडा प्रहारलाई गोलरक्षकले आकर्षक बचाउ गरे ।

रियलको यो हार संगै ला-लिगा जित्ने सपना लगभग समाप्त भएको छ । लिगको १८ खेल सकिदा लिग लिडर बार्सिलोनाको अंक ४८ छ भने रियलको अंक ३२ छ ।

२०७४ पुष २९,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको