को हुन् यी जुत्ता सिलाउने नेपाली श्रमिक नेता ? चिन्नुहोस


परिश्रम वा पेशा ठुलो र सानो हुँदैन तर कतिपयले परिश्रम तथा पेशाको स्तर भेदभाव पूर्ण नजरले हेर्ने चलन पनि छ । अझ नेपाली राजनेताको हकमा परिश्रम भन्ने कुरा उनीहरुको भागमा पर्दैन । अथवा मानौ नेताको जात भनेको परिश्रम गर्ने बर्गमा पर्दैन ।

तर नेपालमै पनि त्यस्ता नेताहरु छन्, जसले आफ्नो पेशा वा परिश्रमलाई सानो ठुलो भनेर नाक खुम्च्याउदैनन् ।

महोत्तरी सुन्दरपुरका सेवक राम सद्भावना पार्टीका केन्द्रीय सदस्य हुन् । राजधानीमा आयोजना हुने विभिन्न फोरम र दलितसम्बन्धी कार्यक्रमहरूमा भाषण पनि दिन्छन् । दलित अधिकारकर्मीका लागि बढ्ता परिचित हो ‘सेवक राम’ नाम ।

राजनीतिबाट चिनिएको सेवक रामको पेसा कसैले थाहा पायो भने ऊ जिब्रो टोक्न बाध्य हुन्छ । त्यो किनभने उनले बागबजारका सडकमा बसेर जुत्ता सिलाइरहेका हुन्छन्, पालिस गरिरहेका हुन्छन् ।’

उनलाई आफ्नो पेसाप्रति कुनै खेद छैन र कुनै पश्चात्ताप पनि । बरु रोजीरोटी जुटाउन सहयोग गरेकोमा पेसालाई नै सलोट गर्छन् । भन्छन्, ‘राजनीति गरे पनि कुनै न कुनै व्यवसाय त चाहियो नि ।’

०५७ मा सेवक रामले पार्टीको सदस्यता लिएका थिए । तर, त्योभन्दा अगाडि पनि राजनीतिको उनको रुचि नभएको होइन । राजनीतिमा चासो राख्ने सेवक रामको जुत्ता पालिस पेसा भने २५ वर्ष पुरानो हो ।

२५ वर्षदेखि उनले निरन्तर मान्छेहरूको जुत्ता पालिस गरिरहेका छन् र मान्छेहरूलाई नै पाठ सिकाइरहेका छन् । श्रमप्रतिको पाठ ।

नयाँ पत्रिकामा विश्वास खड्काथोकीको रिपोर्ट अनुसार सुरुमा त उनले स्टाफ, ग्यास बनाउने काम पनि गर्थे । पछि विस्तार जुत्तामा मात्र केन्द्रित हुन थाले । आठ कक्षा पास गरेका सेवक राम साथीको लहलहैमा काठमाडौं छिरे ।

उनका साथीहरूले जुत्तासम्बन्धी नै काम गर्ने भएकाले उनको यही पेसा बाध्यता बन्न पुग्यो । दैनिक पाँच सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्म आम्दानी गर्ने सेवक राम यो पेसा छाड्ने मनस्थितिमा छैनन् ।

प्रकाशित मिति : २९ पौष २०७४

२९ पुष २०७४, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको