नेपाल पत्रकार महासंघ युएई शाखा अध्यक्ष भूप राज बस्यालका अनुसार दुतावासलाई आमन्त्रणका लागि पठाएको इमेलमा युएईका लागि कार्यबहाक राजदूत नेत्रबहादुर टण्डनले यस्ता कार्यक्रममा सहभागी नहुने जवाफ फर्काएका छन् ।
शुक्रबार सम्पन्न कार्यक्रमबारे तीन हप्ता अगाडि जानकारी गराएर अधिकारिक पत्र पठाउँदा पनि दूतावासले कार्यक्रम बहिष्कार गरेको अध्यक्ष भूपराज बस्यालले बताए ।
यस अघि आबुधावीको मुसाफामा दलालले अलपत्र पारेका १९ जना नेपालीको मुद्दामा दूतावासका अधिकारीको नेक्सस रहेकोबारे तथ्य सहित समाचार आएपछि राजदुत टन्डन युएईमा रहेका पत्रकारहरु प्रति असन्तुष्ट बनेका थिए । उक्त समयमा नै टन्डनले पित पत्रकारिता गरेको आरोपसहित प्रेस विज्ञप्ती जारी गरेका थिए ।
परराष्ट्र स्रोतका अनुसार उहाँले युएईमा अवैधरुपमा पत्रकारिता गरिरहेका नेपालीका कारण समस्या आएको र भविष्यमा पनि यस्ता समस्या आउन सक्ने भन्दै परराष्ट्रलाई इमेल समेत गरेको खबर उज्यालो अनलाइनमा समाचार छ ।
प्रकाशित मिति २९ पौष २०७४
प्रतिक्रिया दिनुहोस