मुख्य मन्त्रीमा क-कसको दाबी ? हेर्नुहोस सुची सहित


वाम गठबन्धनको कार्यदलले प्रदेश मुख्यमन्त्री, सभामुख र राष्ट्रियसभाको सिट संख्या बाँडफाँटको मापदण्ड तय गरेको छ। कार्यदलले स्थानीय र प्रदेश निर्वाचनको परिणाम, एकताको भावना, योग्यता र सन्तुलनका चार आधारमा सिट बाँडफाँट गर्न लागेको हो। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

एमाले नेता सुवास नेम्वाङको अध्यक्षतामा शुक्रबार बसेको कार्यदल बैठकले प्रदेश सरकार, प्रदेश सभामुख र राष्ट्रियसभा निर्वाचनका लागि सिट संख्या बाँडफाँटको गृहकार्य गर्ने सहमति गरेको हो। राष्ट्रियसभा निर्वाचनका लागि माघ १० गते उम्मेदवारको मनोनयन तोकिएको छ।

निर्वाचन आयोगले प्रदेशको समानुपातिकतर्फको नतिजा सार्वजनिक गरेपछि प्रदेश सरकार गठन (मुख्यमन्त्री र मन्त्री) र सभामुखको निर्वाचन प्रक्रिया अघि बढ्नेछ।

मुख्य मन्त्रीमा क-कसको दाबी ?

प्रदेश १ – शेरधन राई

प्रदेश २ – मधेसी दल संग सहकार्य

प्रदेश ३ – अष्टमी शाक्य, राजेन्द्र पाण्डे, केशव स्थापित

प्रदेश ४ – पृथ्वी सुब्बा गुरुङ, किरण गुरुङ

प्रदेश ५ – संकर पोख्रेल

प्रदेश ६  – महेन्द्र बहादुर शाही, नरेश भण्डारी, प्रकाश ज्वाला र यामलाल कंडेल

प्रदेश ७ – प्रकाश शाहा, तारा लामा, दिर्घ सोडारी, बिरमान चौधरी, झपट बोहोरा र अक्कल रावल

२९ पुष २०७४, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको