झापाका मजदुर नेता पक्राउ, रिहाइ नगरे जनप्रतिनिधिलाई प्रकाउ गर्ने नेकपाले दियो चेतावनी


मङ्सिर २६, झापा । नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा झापाका जिल्ला कमिटि सदस्य तथा मजदुर नेता चमनलाल माझीलाई बुधबार प्रहरीले गिरफ्तार गरेको जनाइएको छ । पार्टी कामको शिलशिलामा रहेको बेला प्रहरीले बिनाकारण गिरफ्तार गरेको नेपाल कम्युनिष्ट पार्टी झापाले बताइएको हो ।

नेकपा झापाका सेक्रेटरी सुमन सिंह द्वारा बिज्ञप्ति जारि गर्दै आफ्नो नेताको गिरफ्तारीलाई घोर भर्त्सना गरेका छन् । पक्राउ परेका नेता माझीलाई विना शर्त रिहाइको माग समेत गरेका छन ।

आफ्ना नेतालाई तुरुन्त रिहाइ नगरे, जनप्रतिनिधिहरुलाई गिरफ्तार गर्ने चेतावनी समेत दिएको छ ।

बिज्ञप्तिमा भनिएको छ, आज पक्राउ परेका हाम्रो पार्टीका जिल्ला कमिटि सदस्य चमनलाल माझीलाई बिना शर्त तुरुन्त रिहाइ गरियोस अन्यथा हामी दलालहरुका जनप्रतिनिधिहरुको गिरफ्तारी सुरु गर्ने बिषय यसै बिज्ञप्ति मार्फत जानकारी गराउद छौ’ ।

हेर्नुहोस बिज्ञप्ति:

 

२०७५ मंसिर २६,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको